Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, November 24, 2013

माओवादी भित्र के भइरा'छ, को नेता कता गईरा'छ (अपडेट)

संविधानसभा निर्वाचनमा धाँदली र षडयन्त्र भएको भन्दै संविधानसभामा सहभागी नहुने घोषणा गरेको एकीकृत नेकपा माओवादीलाई सविधानसभामा सहभागी हुन पार्टी भित्रैवाट दबाब परेको छ । 
पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पुर्व स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, राज्य समिति इन्चार्ज÷संयोजकले संविधानसभाको प्रक्रियावाट नभाग्न नेतृत्वलाई दबाब दिएका हुन् । केन्द्रीय कार्यालयको निर्णय पछि गत बिहिवार पत्रकार सम्म्मेलन गरी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा सहभागी नहुने घोषणा गरे पनि त्यसमा पुनारावलोकन गर्नु पर्ने नेतृत्व समक्ष सोही पार्टीका नेताहरुले सुझाव दिएका छन् ।
‘संविधानसभाको प्रक्रियावाट भाग्नु हुदैन र त्यही बसेर संघर्ष गर्नु पर्छ भन्ने सुझाव दिइएको छ’ मिथिला राज्य समिति इन्चार्ज विश्वनाथ साहले भने, ‘संविधानसभा भित्रै रहेर जनपक्षिय संविधान बनाउनु पर्ने  सुझाव नेतृत्वको समक्ष पुगेको छ ।’ उनका अनुसार बैठकमा बोल्ने अधिकांसले नेतृत्वलाई संविधानसभा सहभागी हुन पर्ने भन्दै नेतृत्वलाई सुझाव दिएका छन् ।

पुर्वी ब्युरो इन्चार्ज तथा मोरङ–९ बाट पराजित बर्षमान पुनले संविधानसभामा सहभागी हुने तर एजेन्डाका आधारमा अन्य दलसँग मोर्चाबन्दी गरेर जानु पर्ने सुझाव दिएका छन् । ‘हेटौडा महाधिवेसनको लाइनवाट दायाँबायाँ हुनुहुन्न, संविधानसभामा सहभागी हुनु पर्छ,’ पुनले बैठकमा भने, ‘बरु त्यही भित्र परिवर्तनका पक्षधरसँग मोर्चाबन्दी गरेर बैद्यानिक तरिकाले लडनु पर्छ तर भागेर हिड्नु हुदैन् ।’ त्यसका लागि मधेस केन्द्रित राजनीतिक दल र अन्य साना दलसँग मिलेर मोर्चाबन्दी गर्न सकिने र त्यसको नेतृत्व पार्टीले लिनु पर्ने पुनको सुझाव छ । 
भोजपुरा राज्य संयोजक प्रभु साहले धाँदली र षडयन्त्रको गन्ध पहिला नै पाएको भन्दै माओवादीलाई सिध्याउने उदेश्यसहित आफु माथी आक्रामण गरिएको घटना उल्लेख गरेका छन् । ‘चुनावमा धाँदली र षडयन्त्रको गन्ध पहिला नै आएको थिएँ, माओवादीलाई सिध्याउनु पर्छ भनेर मै माथी रौतहटमा आक्रामण भयो,’ साहले बैठकमा भने, ‘चुनावको तीन दिन अघि नै पार्टीले बिज्ञप्ति निकालेर प्रतिरोध गर्नु पर्ने थियो तर मतगणना सुरु भएको १८ घन्टा पछि जसरी मतगणना स्थलवाट पार्टी प्रतिनिधिलाई मध्यरातमा निकालिने काम गरियो, त्यो सही हुन सकेन् ।’ चुनाव पनि निष्पक्ष भयो भन्ने, मतगणनामा पनि सहभागी हुने अनि पार्टी परिणाममा कमजोर हुदँै गएको चेत खुले पछि मध्यरातमा गणक फिर्ता गराउनुले जनतामा गलत सन्देश गएको उनको भनाई थियो । 
मिथिला इन्चार्ज साहले बाह्य रुपमा धाँदली र षडयन्त्र भनेर मात्रै पार्टी उम्कन नसक्ने भन्दै आन्तरिक संगठन पनि पराजयको मुख्य कारण रहेको औल्याएका थिए । ‘हामीले धाँदली र षडयन्त्र भयो भनेर मात्रै अरुलाई मात्र दोष दिनु हुदैन, हाम्रो सांगठानिक संरचना र आन्तरिक कलह पनि चुनावमा पराजयका कारण हुन, यो हामीले हृदय देखी नै स्विकार गर्नुपर्छ ।’ उनले आन्तरिक किचलो र सांगठानिक समस्या हल गर्न अबिलम्ब सांगठानिक अधिवेसन बोलाई चुस्त र छरितो संगठन बनाउनु पर्नेमा जोड गरेका छन् । 
रुकुम–२ वाट बिजयी जनार्दन शर्माले केन्द्रीय कार्यालयको बहिस्कारको निर्णय गलत भएको भन्दै निर्वाचनको प्रक्रियावाट दायाँ बाँया नहुन सुझाव दिए । ‘पराजयको पीडाले हामी अलि बढी नै आत्तियौ, कल्पनै नगरेको परिणाम आयो तर पनि अहिले आएर फेरी नयाँ प्रक्रियामा जाने कुराले झन हामीलाई कमजोर बनाउँछ,’ शर्माले बैठकमा भने, ‘हेटौडा महाधिवेसनको जुन म्यान्डेट हो, त्यसैमा टेकेर अघि बढनु पर्छ ।’ उनका अनुसार सडक र सदन दुवै स्थानवाट संघर्ष गरी जनपक्षिय संविधान लेखनमा सहयोग पु¥याउनु जोड गर्नु पर्छ । 
संविधानसभामा बिजयी भएका पार्टीका उम्मेदवारले बिजयी जुलुस मनाउनु पर्ने सुझाव अधिकांस नेताले नेतृत्वलाई दिएका छन् । पार्टीका नेतालाई जिताउने जनताको मतलाई सम्मान गर्न बिजयी जुलुस मनाउन पर्ने धारणा अधिकांसले राखेपछि दाहाल बैठक सकिए लगत्तै सिरहा–५ जाने निष्कर्षमा पुगेका । ‘केन्द्रीय समितिको बैठक सकिए लगत्तै म सिरहा जानेछु, जनमतको सम्मान गर्नेछु’ दाहालले बैठकमा प्रतिवद्धता जनाउँदै भने । बिजयी घोषणा हुने बित्तिक्कै सिरहामा मतदाताले दाहाल बिना नै बिजय जुलुस मनाएका छन् तर सो जुलुसमा सिरहामा रहेका केन्द्रीय सदस्य पनि उपस्थित भएका छैनन् । 
अधिकांसले नेताले मतदान स्थल देखी मतदान अधिकृतकहाँ पुग्नु अघि नै मतपेटिकामा साटफेर गरेको हुन सक्ने आंशका ब्यक्त गरेका छन् । त्यसमा प्रहरी र नेपाली सेनाको मुख्य हात रहेको अधिकांसको आंशका ब्यक्त भएको छ । सबै निर्वाचन क्षेत्रमा त्यसो नभएको र केही निर्वाचन क्षेत्रमा मात्र त्यसो भएको भन्दै एकमुष्ठ वुझाई राख्नु गलत भएको भन्दै नेतृत्वको ध्यानकषर्ण गराएका छन् । 
रिर्पोटिङ  सकिए पछि माओवादीले संविधानसभामा सहभागी हुने कि नहुने भन्नेबारेमा औपचारिक निर्णय गर्ने नेवाः राज्य समितिका इन्चार्ज देवेन्द्र पौडेलले बताए । ‘आजवाट पार्टी चुनावमा पराजित हुनु परेको कारण र अवस्थाका बारेमा रिर्पोटिङ सुरु भएको छ, नेताहरुले प्रारिम्भक चरणमा आ–आफनो क्षेत्रमा भएको घटना र अवस्थाका बारेमा रिर्पोटिङ गरिराखेका छन,’ पौडेलले नागरिकसँग भने, ‘त्यही आधारमा संविधानसभा जाने÷नजाने बारेमा अन्तिम निर्णय केन्द्रीय समितिवाट गर्दैछौ ।’ उनका अनुसार चुनावी परिणामको समिक्षा र संविधानसभामा सहभागिताका बारेमा निर्णय गर्न सोमवारवाट केन्द्रीय समितिको आकस्मिक वैठक बोलाइएको छ । 
‘मेची महाकालीजस्ता अभियानमा हामी लाग्यौं, अरुले आन्तरिक ब्यवस्थापनमा ध्यान दिएँ,’ पौडेलले भने, ‘हाम्रा पनि कमजोरी भए, अरुले त्यही कमजोरीमा खेले, हामी चुक्यौं भन्ने कुरा आएको छ ।’ बाह्य र आन्तरिक कमजोरी केलाउन बैठक महत्वपुर्ण हुने उनको भनाई छ । 
चुनावी परिणाम सार्वजनिक भइनसक्दै माओवादीले गत बिहिवार अप्रत्याशित रुपमा संविधानसभामा सहभागी नहुने घोषणा गरेको थियो । माओवादीलाई चुनावी परिणाम स्विकार गरी संविधासभामा सहभागी हुनका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायको पनि उत्तिकै दबाब छ । राष्ट्रपति डा. रामवरण यादवसहित नेपाली कांग्रेस, नेकपा एमालेलगायत नागरिक समाजका प्रतिनिधिले चुनावी परिणामलाई स्विकार गरी संविधानसभामा सहभागी हुन माओवादीलाई अनुरोध गरिरहेका छन् । 
उनका अनुसार मतदान स्थलसम्म कुनै अप्रिय घटना नभएको तर मतपेटिका लैजाने, सार्ने र खोल्ने कार्यमा षडयन्त्र र गढबढ गरिएको रिर्पाेटिङ बैठकमा आएका छन् । 
बैठक पछि भने प्रवक्ता अग्नि सापकोटाले षडयन्त्र गरेर चुनावमा माओवादीलाई पराजित गराइएको बताएका छन । ‘हामीले षडयन्त्रका लक्षणहरु थाहा पाए पनि जनताको तागतको अघि उनीहरुको केही लाग्दैन भन्ने ठान्यौं,े सावधानीमा पनि कमजोर भयो’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘र, हामी निकै उदार पनि भयौं ।’ मतदान प्रक्रिया सम्पन्न भइसके पछि निर्वाचन अधिकृतसम्म आइपुग्दा सम्मको बिचको समयमा  सबैजसो ‘षडयन्त्र’ भएको सापकोटाको जिकिर छ । 

No comments:

Post a Comment