प्रकाश तिमल्सिना, काठमाडौं, भदौ ३०- सरकारको नेतृत्व गर्ने एनेकपा
माओवादीले कांग्रेस-एमाले सत्ता कब्जा गर्न खोजिरेहको आरोप लगाएको छ।
राष्ट्रपति रामवरण यादवलाई उक्साएर कांग्रेस- एमालेले सत्ता कब्जामा लागेको
माओवादीले निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा
पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले यस्तो आरोप लगाएका
हुन्।
उनले कांग्रेसको अन्तरविरोधले सहमतिमा ढिला भइरहेको बताए। 'माओवादी सत्ता कब्जा गर्न खोजिरहेका छन् भन्ने आरोप लगाएर कांग्रेस एमाले राष्ट्रपतिलाई कदम चाल्न प्रेरित गरिरहेका छन्', उनले भने।
उनले कांग्रेसको अन्तरविरोधले सहमतिमा ढिला भइरहेको बताए। 'माओवादी सत्ता कब्जा गर्न खोजिरहेका छन् भन्ने आरोप लगाएर कांग्रेस एमाले राष्ट्रपतिलाई कदम चाल्न प्रेरित गरिरहेका छन्', उनले भने।
No comments:
Post a Comment