Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, November 14, 2013

एउटा यस्तो मतदान केन्द्रको कथा, जहाँ जनता भोट हाल्नै गई दिएनछन् ।

अघिल्लो पटक यो मतदान केन्द्रमा मत नै खसेन
हामी पुग्दा तराईमा भुमीगत सशष्त्र समुह सञ्चालन गर्ने जयकृष्ण गोइतको पुख्र्यौली गाउँ त्रिकौल, सप्तरी चुनावी माहौल सुरु भएको थियो । गाउँमा कांग्रेस, एमाले र माओवादीसहित मधेसवादी दलको झन्डा फहराइएको देखिन्थ्यो । यो आलेख किन पनि म यहाँ उल्लेख गरिरहेको छु भने, यो त्यही बुथ हो, जहाँ अघिल्लो निर्वाचनमा एक मत पनि खसेको थिएन ।  जो नेपालको एक मात्र वुथ हो, जहाँ मतदान नै भएन । किन त, ‘हामी मतदानका लागि मतदान केन्द्रमा दिनभर बस्यौ तर कोही पनि मतदाता मतदान गर्न यहाँ आएनन, रित्तो वाकस लिएर हामी जिल्ला फक्र्यौ’ एकजना मतदान अधिकृतले हामीलाई त्यो समयको घटना सुनाए, जो अघिल्लो पटक पनि मतदान अधिकृत नै थिए । आखिर के भएको थियो, त्यो बेला जवकी कोही पनि मतदाता मतदान केन्द्रमा मतदान गर्न आएनन ? एउटा रोचक आलेख तपाईका लागि पनि । 

संविधानसभा निर्वाचन –०६४ मा मतदान हुन नसकेको देशकै एकमात्र मतदान केन्द्र त्रिकौल गाउँमा चुनावी चहलपहल बढेको छ ।
तराईमा भूमिगत आन्दोलनको सुरुवातकर्ता जयकृष्ण गोईतको पुर्खयौली थलो भएको सो गाउँमा अघिल्लो संविधानसभामा  निर्वाचन हुन नसकेपनि यत्तीखेर भने चुनावी सरगर्मी बढेको छ । विभिन्न पार्टीका झन्डा र पर्चा पम्पलेटले गाउँ रँगिएको छ भने हरेक दिन विहान देखि बेलुकासम्म मत माग्न आउने उम्मेदवारको प्रचार प्रसार कार्यक्रमले गाउँ चुनावमय भएको छ ।
‘अघिल्लो पटक देशभरमै त्रिकौल गाउँमा मात्रै निर्वाचन हुन सकेको थिएन तर, यसपाली यहाँ मतदान हुन्छ मतदानका लागि मतदाताहरु चुनावको मिति पर्खेर बसिरहेका छन्’ सहायक मतदान अधिकृृत तेजनारयण यादवले नागरिसँग भने ,‘गाउँमा उम्मेदवारहरु भोट माग्न आएका छन्, विभिन्न पार्टीका झन्डाहरु फहराएका छन् ।’ उनका अनुसार, निर्वाचनको मिति तिन साता बाँकि रहदा पनि सुरक्षा खतरा देखिदैन । मतदाता चुनावी लहरमा ढुक्कसाथ सहभागी भईरहेको दृष्य त्रिकौलमा देखिन्छ । 
अघिल्लो निर्वाचनमा नेकपा सँयुतmका उम्मेदवार अधिवतmा अशोक यादवमाथि गोईत समूहका कार्यकर्ताले आक्रमण गरि दुई थान मोटरसाईकल जलाएर उनलाई कुटपिट गरि घाईते बनाका थिए । सो समूहले निर्वाचनको अघिल्लो  दिन  साँझ त्रिकौल गाविसको मतदान केन्द्र नजिकै बम विष्फोटन तथा फायरिंग गरि मतदातालाई मतदानमा सहभागी नहुन चेतावनी दिएका थिए । ‘वम विष्फोटन र फायरिंग गरि मतदान नगर्न दिएको धम्कीका कारण कुनैपनि मतदाता मतदान गर्न आएनन्’ यादव सम्झन्छन् ,‘हामी दिनभर मतदान केन्द्रमा मतदाताको प्रतिक्षामा बस्यौ कोही नआएपछि रितो मतपेटिका साथ लिएर फर्कयौ ।’ उनका अनुसार, त्रिकौल गाविसका १,२,३,४,५ र ९ नम्बर वडाका कुनै पनि मतदाताले अघिल्लो निर्वाचनमा मतदान गर्न पाएनन् । तर, त्रिकौल गाविस मतदान केन्द्र भन्दा टाढाका अर्को मतदान केन्द्र रहेकाले मात्र सोही गाविसको ६,७ र ८ नम्बर वडाका मतदाताले मत खसालेको यादवले बताए ।
स्थानीय समाजसेवी दामोदर यादव अघिल्लो निर्वाचनमा भोट हाल्न नपाएपनि यो पटक भोट खसल्ने बताउँछन् । ‘अहिले गाउँमा अस्थायी प्रहरी चौकी पनि छ, सुरक्षाको अबस्थापनि मजबुत बनेको महसुस भएको छ’ उनले भने,‘ यो पटकको चुनावमा म मात्र होईन सम्पूर्ण गाउँले नै भोट खसाल्ने सोचमा छन् ।’ उनका अनुसार, त्रिकौल मतदान केन्द्रमा करिब १३ सय मतदाता छन् ।
०६१ मा माओबादीबाट अलगीएर जनतान्त्रीक तराई मुतिm मोर्चाको नामबाट भूमिगत सशस्त्र गतिविधि सुरुवात गरेका जयकृष्ण गोईत समूहको पछिल्लो समयमा प्रभाव नभएको स्थानीयहरु वताउँछन् । सुरक्षाको दृष्टिकोणबाट अति सम्बेदनशील सो मतदानकेन्द्रमा सुरक्षा बन्दोबस्त दुरुस्त पार्न प्रमूख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले स्थलगत निरिक्षण गरेका छन् ।अघिल्लो निर्वाचनमा भोट नखसेको  सो मतदान केन्द्रका दुई वटा बुथको सुरक्षा तथा मतदातामा रहेको भय हटाउन स्थानीय सुरक्षाकर्मीलाई निर्देश गरि प्रजिअ पौडेल भर्खरै फर्केका छन् ।जसका कारण पनि मतदातामा सुरक्षाको अनुभूती बढेको देखिन्छ ।

No comments:

Post a Comment