Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, November 11, 2013

मध्य पुर्वी तराई देखियो, चाखलाग्दा र रोचक चुनावी दृश्य लेखियो–२

एकीकृत माओवादीका नेता गिरीराजमणी पोखरेलसँग महोत्तरीमा
दशै लगत्तै तिहारको अघिल्लो दिनसम्म करिब १३ दिन मध्य पुर्वी तराईका पाँच जिल्लाको रिर्पोटिङका लागि काठमाडौं छाडिएको थियो । नागरिकका स्थानिय सम्बाददाताहरुको सहयोगमा ५ जिल्लाका प्राय क्षेत्रमा टेकियो र चुनावी स्थीतिका बारेमा स्थलगत अवलोकन गरियो । सो अवलोकन भ्रमणका लागि महोत्तरीमा महेश दास, धनुषामा सुरेश यादव, सिरहामा मिथिलेस यादव, सप्तरीमा जितेन्द्रकुमार झा  र उदयपुरमा महेश्वर चाम्लिङले भरपुर सहयोग रहयो । जिल्ला भ्रमणको क्रममा देखिएका केही प्रतिनिधि र चाखलाग्दा दृश्यलाई समेटेर यो रिर्पोटिङ तयार गरिएको छ । 

महोत्तरी......................................................................................................................................... 
महोत्तरीका ६ वटा क्षेत्र मध्ये एकीकृत माओवादीले चारवटा क्षेत्रमा नवप्रवेशीलाई उम्मेदवारी दिएको छ भने कांग्रेसमा किचलो कायमै छ । कांग्रेसका केन्द्रीय सदस्य रामचन्द्र तिवारीलाई केन्द्रले टिकट दिए पछि जिल्ला सचिव रामशंकर मिश्र सोही क्षेत्रमा तमलोपावाट उम्मेदवार दिन पुगेका रहेछन् । कांग्रेसका तीन जना प्रभावशाली नेता एमाओवादीको उम्मेदवार भएकाले पनि कांग्रेसको संगठानिक परिचालन समस्याग्रंस्त छ । ‘ओरजिनल कांग्रेस अझै पार्टीमा छन, डुप्लिकेटहरु पार्टी छाडेर गएका छन्’ तीवारी यसरी चित्त चाँही वुझाउँछन् । कांग्रेसवाट माओवादी उम्मेदवार बनेकामा २ नम्बरमा लालबाबु यादव, ३ नम्बरमा रामआधार कापड र ५ नम्बरमा रजिद हैदर छन् । 
###                                              ###                                                                ###          
महोत्तरीको राजनीतिमा प्रभाव पार्ने शरदसिंह भण्डारी
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीका गृह जिल्ला महोत्तरीमा स्वयं भण्डारी १ नम्बर र  ६ नम्बरवाट उम्मेदवारी दिएका छन् । तर, उनका मुख्य प्रतिस्पर्धी मानिएका एमाओवादी उम्मेदवार गिरीराजमणी पोखरेल भन्छन, ‘मेरो प्रतिस्पर्धा शरदसिंहसँग होइन, नेपाली कांग्रससँग हो, उहाँ (भण्डारी) प्रतिस्पर्धा भन्दा बाहिर हुनुहन्छ ।’  पोखरेलले घर दैलो कार्यक्रममा भनेको दुई दिन पछि भण्डारी राजमार्ग उत्तरी दिशाको माइस्थान गाउँमा चुनावी प्रचार प्रसार गर्दै गर्दा भेटिए । माओवादीको गढ मानिने सो क्षेत्रमा भण्डारी भने एमाओवादीका सयौं कार्यकर्तालाई प्रवेश गराईरहेका थिए । प्रवेश कार्यक्रम भएकाले उनलाई हामीले आधाघन्टा भन्दा बढी कुरेर कुराकानी गरेका थियौं । ‘हिजोको जस्तो माओवादीमा आज आकर्षण छैन, जो तपाईले यहाँको प्रवेश कार्यक्रममा देख्नु भयो’ भण्डारीले भन्न भ्याई हाले । 
###                                               ###                                                     ###
महोत्तरी, एउटा मात्र यस्तो जिल्ला हो, जहाँ पत्रकार महासंघका बहालवाला जिल्ला अध्यक्ष हरीप्रसाद मण्डल प्रत्यक्षतर्फ चुनाव लडिरहेका छन् । शरदसिंहको पार्टीका क्षेत्र नम्बर ३ का उम्मेदेवार घरदैलो कार्यक्रम गर्दै गर्दा ... गाउँमा भेटिए । उनले भने, ‘सिंगो पत्रकारको हक हित र सुरक्षाका लागि मैले उम्मेदवारी दिएको हुँ ।’ तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्मालेका मण्डल तथ्य साप्ताहिकका प्रकाशक÷सम्पादक पनि हुन् । तीन महिना भित्रै महासंघको अधिबेसन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्ने योजनामा रहेका मण्डलले सदरमुकाम र आसपासका गाविसमा अझै भोट मागिरहेका छन् । 
###                                             ###                                               ###
महोत्तरीमा नै दुई जना ‘अभागी’ उम्मेदवार फेला परे । एक, नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ३ रामदयाल मण्डल, दुई क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका सीताराम भण्डारी । अघिल्लो निर्वाचनमा मण्डल तमलोपाका गणेश नेपालीसँग ३७ मतले र  भण्डारी शरदसिंहसँग जम्मा २१ मतले पराजित भएका रहेछन् । ‘यसपाली चाँही बाजी मार्ने दाऊमा छु’ मण्डलले भने ।

सिरहा.............................................................................................................................................
सिरहा–५ मा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिए पछि सो जिल्ला चर्चाको केन्द्र बिन्दुमा छ । सो क्षेत्रवाट मात्रै मिथिला राज्य समिति इन्चार्ज विश्वनाथ साहसहित केन्द्रीय समितिमा ६ जना सदस्य छन् । ‘हाम्रो योजना भनेको अध्यक्ष प्रचण्डलाई तीन गुणा बढी बहुमतले जिताउने हो, त्यसका लागि सबै निरन्तर खटिरहेका छौं’ इन्चार्ज साहले गोलबजारमा भने । 
###                                               ###                                         ###
अध्यक्ष दाहालको सो क्षेत्रमा भने उनकै पार्टीका पुर्व सभासद जगत यादव, र प्रवेश लामाले बागी उम्मेदवारी दिएका छन्, जो अध्यक्ष दाहाल विरुद्ध मात्र केन्द्रित छ । सिरहा–५ मा अध्यक्ष दाहाल पछि सबैभन्दा बढी चुनावी पोष्टर यादवको देखिन्छन् । यादव तीनै नेता हुन, जो मातृका यादव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् । निर्वाचन बहिस्कारका पक्षमा रहेका मातृकाले दाहाललाई हराउने उदेश्यसहित उठाएका यादवले चुनावी पोष्टरमा उल्लेख गरेका छन्– ‘बेइमान, गद्धार र दलाल उम्मेदवारलाई हराऔं’ । सयपत्री छाप लिएर उठेका यादवले गोलबजारमा भने, ‘यहाँ प्रचण्डको गुञ्जायस छैन्, उनको जीत म कतैवाट पनि देख्दिन् ।’  सिरहा–५ र ६ दुवै क्षेत्रवाट माओवादी उम्मेदवार बिरुद्ध बागी भएका श्रवण यादव भने पछिल्लो अवस्थामा आइ पुग्दा पार्टी प्रचार प्रसारमा हिडेको मिथिला इन्चार्ज साहले जानकारी दिए । 
प्रचण्डसँग प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ
###                                                         ###                                         ###
कांग्रेस र मधेसवादी दलले कमजोर उम्मेदवार उठाए पछि सिरहा–५ मा एमालेका लिलानाथ श्रेष्ठ र माओवादी अध्यक्ष दाहाल विच चर्को प्रतिस्पर्धा छ । ‘टुरिस्ट उम्मेदवारलाई हराऔं’ भन्दै श्रेष्ठले चुनावी नारा बनाए पछि त्यसको समर्थनमा अन्य दलका नेता पनि उभिन पुगेका छन् । जस्तो तमलोपाका उम्मेदवार...ले ‘जसलाई दिएपनि मत दिनु तर टुरिस्ट उम्मेदवारलाई नदिनु’ भन्दै सार्वजनिक भाषण नै गरे । ‘मलाई यहाँका स्थानिय जनता देखी विभिन्न पार्टीवाट समर्थन आएकाले जित हासिल गर्नेमा कुनै शंका छैन’ श्रेष्ठले दावी गर्दै आएका छन् । 
###                                                             ###                               ###
बाबुराम भट्टराई नेतृत्वको सरकारमा विना विभागिय मन्त्री तथा फोरम गणतान्त्रिकका बरिष्ठ नेता राजलाल यादव क्षेत्र नम्बर २ का बलिया उम्मेदवार रहेछन् । सभासद भए देखी मन्त्री हुदाँसम्म गरेको काम कारवाहीको फेहरिस्त उनले पुस्तकमा निकालेर मतदातालाई बाडिरहेका छन् । अझ अचम्म त यो छ की चुनावी प्रचार प्रसारका क्रममा उनलाई स्थानिय मतदाताले चुनावी खर्च भन्दै रकम दिदा रहेछन् । घर (लाहान)वाटै खाना खाएर जाने र साथमा खाजा पनि घरैवाट लिएर जाने यादवले लहानमा भने, ‘चुनाव प्रचार प्रसार गर्न जाँदा मतदाताले चुनावी खर्च भन्दै ढक्कीमा राखेर पैसा दिइरहेका छन्, आजसम्म करिब १ लाख उठिसकेको छ’ यादवले सुनाए, ‘जुन गाउँका मतदाताले पैसा दिएका छन्, त्यो पैसा त्यहीको बिकासका लागि भन्दै छाडेर साँझ फर्कन्छु ।’ 
राजलाल यादवलाई चुनावी खर्च दिदै स्थानिय
###                                                        ###                                             ###
सिरहा, कांग्रेसमा एकमात्र जिल्ला सभापति महिला भएको जिल्ला हो । सभापति सीतादेवी यादव क्षेत्र नम्बर ३ की उम्मेदवार हुन्, जो एमालेका प्रमोद यादव र फोरम नेपालका बिजय यादव विच प्रतिस्पर्धी गरिरहेकी छिन् । कांग्रेसका केन्द्रीय सदस्य पदमनारायण चौधरी, जो क्षेत्र नम्बर १ उम्मेदवार पनि हुन, भन्छन, ‘यसपाली सिरहामा कांग्रेसले राम्रै पकड जमाउँछ ।’ 
###                                                             ###                                               ###
मधेसवादी दलको मध्य पुर्वी तराईका जिल्लामा त्यति ठुलो पकड त छैन तर एउटा अचम्मको दृश्य भने त्यहाँ देखियो । जुन पार्टीका अध्यक्षको गृह जिल्ला छ, त्यो पार्टी त्यहाँ बलियो प्रतिस्पर्धामा छ, अरु मधेसवादी दल खासै त्यति छैनन् । जस्तोको राजकिशोर यादवको गृह जिल्ला सिरहामा फोरम गणतान्त्रिक र शरदसिंह भण्डारीको गृह जिल्ला महोत्तरीमा राष्ट्रिय मधेस समाजवादी पार्टी अरु मधेसवादी दल भन्दा बढी प्रतिस्पर्धामा छन् । 
सिरहा–५मा टांगिएको प्रचण्डको चुनावी प्रचार सामाग्री, यस्ता रगिन फ्लेक्स बोर्ड जताततै देख्न सकिन्छ  

No comments:

Post a Comment