Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, October 9, 2013

बिषमलालले एमाले भित्रै हारेछन र त एमाओवादी भा’रैछन !!!

नेकपा एमालेका पुर्वसभासद तथा केन्द्रीय सदस्य बिषमलाल अधिकारी दनुवार (सिन्धुली–१) गत साता एकीकृत माओवादीमा प्रवेश गरे । माओवादीले पनि निकै तामझामसहित पेरिसडाँडामा अधिकारीलाई प्रवेश गरायो । उनले प्रवेश कार्यक्रममा भने नै, ‘एमालेले एकल जातीय पहिचानलाई स्विकार गरेन र संघीयतामा पनि स्पष्ट हुन सकेन् ।’ उनको कुरा सुन्दा अधिकारी मुद्धाका कारण एमाओवादीमा प्रवेश गरेका हुन् भन्ने सबैलाई लाग्यो र यो पंक्तिकारलाई पनि । तर, बिषमलालले उम्मेदवार छनौटका सबालमा क्षेत्रीय कमिटीमा हारेर उम्मेदवार सिफारिस हुन नसकेको भने सबैलाई थाहा भएनन । जुन कुरा उनका एकजना ‘घनिष्ठ’ माओवादी साथीले यो पंक्तिकारलाई सुनाए, ‘एमालेमा उम्मेदवार सिफारिस मै हारे पछि बिषमलाल माओवादीमा आएको हो ।’ उनका अनुसार एमाले छाडेर एमाओवादीमा आएका अधिकारीका कारण सिन्धुलीवाट समानुपातिक उम्मेदवारका सबालमा किचलो बढेको छ । एउटा पक्ष, उनलाई उम्मेदवार नै बनाउन हुन्न भनेर लबिङमा लागेको छ ।  

हुन त यो अनेकौ प्रकारका राजनीतिक प्राणी भएको मुलक हो । जस्तो कि नेपाली कांग्रेसमा जीवन दिएका शम्भुलाल श्रेष्ठले केन्द्रमा टिकट माग्न आएका थिए तर कांग्रेसवाट सम्भावाना सकिदै जान थालेको संकेत पाउने बितिक्कै एमाओवादीमा प्रवेश गरे । कांग्रेसको टिकट लिन आएका श्रेष्ठ माओवादी प्रवेश गरेको भोलीपल्टै टिकट लिएर सर्लाही–१ पुगे । तर, एमाओवादी भएका ‘कांग्रेसी’ श्रेष्ठलाई स्थानीय बागी  मनोज आचार्य फलामको च्युरा साबित भइरहेको छ । 
यो रहयो प्रवृतिका कुरा किनकी आजकाल राजनीतिक सिद्धान्त, बिचार र मुद्धामा भन्दा पनि शक्तिको पछाडी लाग्ने राजनीतिक नेताहरु हावी हुदैँछन् । यसलाई छाडौ र फेरी अधिकारीका कुरामा जाऊँ । 
भदौं १९ गते सिन्धुली, डकाहामा गर्ने भनिएको क्षेत्रीय भेला पानी परेका कारण सिन्धुली सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा भयो । त्यहाँ अञ्चल इन्चार्ज केशव देवकोटा पनि सहभागी थिए । अधिकारीको नाम स्थानीय पार्टी नेता र कार्यकर्ताका बिरोधका कारण सिफारिस हुन गा¥हो–गा¥हो देखियो । त्यसपछि, अधिकारीले केन्द्रमा सिफारिस गर्ने उम्मेदवारका नामका लागि मतदान गर्नु पर्ने प्रस्ताव गरे । क्षेत्रमा नै कुरा कसैगरी नमिले पछि अधिकारी कै प्रस्तावमा उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समितिमा मतदान हुने भयो । उनले भने, ‘भोटिङमा जसले सबैभन्दा बढी मत ल्याउँछ, उही यो क्षेत्रका उम्मेदवार, यसमा मेरो समर्थन हुनेछ, बिरोध हुने छैन् ।’ लगत्तै, मतदान प्रक्रिया सुरु गरियो । त्यहाँ पाँच जना उम्मेदवार भए– रामकुमार कार्की, गणेश पहाडी, बिषमलाल अधिकारी, प्रदीप कटुवाल, कुलमणी आचार्य । मतदान पछि परिणाम आयो, कार्की–२६, पहाडी–१९, बिषमलाल–१५, कटुवाल–१५ र आचार्य–५ । पार्टी नियमतः कार्की १ नम्बरमा सिफारिस भए भने दनुवार सिफारिसमा नै परेनन्, मतलब उनले उम्मेदवारका लागि क्षेत्रमा नै चुनाव हारे । तर पनि स्थानीय कमिटीले पुर्वसभासदको नाताले अधिकारीको नाम पनि केन्द्रमा सिफारिस गरेर पठायो । 
अब आयो, समानुपातिकका उम्मेदवार सिफारिस प्रसङ्ग । भर्खरै एमाले फर्किएका भीमबहादुर तामाङ पनि समानुपातिकको सुचीमा समावेश भए । तर, त्यसमा अधिकारीले निकै नै आपत्ति जनाए । खनियाखर्कको बैठकमा ‘भीमबहादुरलाई हुदैँ हुदैन’ भनेर बिषमलालले अडान राखे पछि अन्ततः दुवै जनाको नाम समानुपातिकवाट केन्द्रमा सिफारिस भएर आयो । 
लगत्तै सिन्धुलीवाट अधिकारी काठमाडौं आए । एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीका निवास मै उनी पुगे । खनाल र नेपालले प्रत्यक्षमा आउन नसके पनि समानुपातिक सभासद भने सुरक्षित भएको आश्वासन दिए । ‘तपाई माओवादीका गढ मानिने जिल्लावाट प्रत्यक्षमा जित्नु भएको पार्टी नेता, अब प्रत्यक्षमा सिफारिस हुन नसके पनि समानुपातिकवाट आई हाल्नु हुन्छ, धेरै चिन्ता गर्नु पर्दैन्’ भन्दै दुवै नेताले विश्वस्त तुल्लाई दिए । 
उनको मनमा अझै केही न केही खटको लागेछ क्यारे, अधिकारी बाल्कोटस्थित ओली निवास पुगे । ‘तपाई त माओवादीमा गइसक्नु भएको सुनेको थिएँ, अझै एमाले मै हल्लिरहनु भएको छ ?’ भन्दै ओलीले प्याच्च भनिदिए । ओलीले यसो भन्नुको भित्री एउटै कारण थियो, माओवादी र एमाले दुवै तिर अधिकारीले टिकटका लागि बार्गेनिङ गरेको सुचना ओली निवास आइ पुग्नु । तर, पनि ओलीले टिकट सुरक्षित भएको आश्वासन भने अधिकारीलाई दिए ।  
भदौं २९ गते । बिश्वभाषा क्याम्पसमा सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको क्षेत्रीय अधिबेसन आयोजना गरिएको थियो, सो उदघाटन सत्रमा अधिकारीले भने, ‘पार्टीवाट सिफारिस हुन नसके पनि एमालेलाई जिताउन म लागि अझै लागी पर्छु, म दायाँ बायाँ हुन्न ।’ यतिबेलासम्म माओवादीसँग पनि बार्गेनिङ गरिसकेको गाइगुई चलिसकेको अवस्था थियो । 
त्यसको केही दिन पछि उनले आफ्ना नजिकलाई भन्न थाले, ‘केशव देवकोटाको सट्टा खड्ग खत्रीलाई टिकट दिए, मलाई सभासद चाहिदैन, म पार्टीको जिम्मेवारी लिएर बस्छु’ भन्ने अर्को सर्त राख्न थाले । जबकी, यो बेलासम्म माओवादी नेताहरुसँग धेरै पटक कुराकानी भएको थियो, खासमा हरिबोल गजुरेलमार्फत ।   
एमाले परित्याग गरी एमाओवादीमा सारा ‘युद्धकालीन’, अझ गिरीराजमणी पोखरेललाई पछारेर मधेस ब्युरो इन्चार्ज पडकाउन सफल रामचन्द्र झाले उनलाई आफु भन्दा एक स्थान तलको जिम्मेवारी दिने आश्वासन दिर्दै पार्टीमा आउन आग्रह गरेको सुनाउन थाले । ‘मलाई रामचन्द्रजीले आफु भन्दा तलको जिम्मेवारी दिने कुरा गर्नु भएको छ, अब म माओवादीमा नै जाने भए’ उनले ‘नजिक’का साथीले सुनाए, ‘यदी जिम्मेवारी दिए भने म उत्तै (माओवादी)मै बस्छु, दिएनन भने एमाले मै फर्कन्छु, म चाँही जाने नै भएँ ।’ एमालेमा माओवादी प्रवेश गर्नका लागि तयारी भएको सन्देश पुगे पछि सुरक्षित भइसकेको टिकट असुरक्षित मात्रै हुने हुन पुगेन, नपाउने सन्देश पनि अधिकारीको कानमा पुग्यो । त्यसपछि अधिकारी माओवादीमा बिलम्ब नगरी प्रवेश गरे । र, पेरिसडाँडामा पुगेर भने, ‘एमाले संघीयतामा प्रस्ट भएन ।’

No comments:

Post a Comment