Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, October 19, 2013

प्रचण्ड बिरुद्ध सिरहामा नारा– ‘टेलर धपाउँ, सिरहा–५ बचाऊँ’

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपालका निर्बिबाद राजनीतिक केन्द्रबिन्दुमा रहेका नेता हुन् । नेपालका पछिल्ला ७ बर्षका राजनीतिक घटना क्रममा उनको उल्लेखनीय र सर्वशक्तिमान उपस्थीति रहेको छ, जो तथ्यहरुले नै बोल्छन् । 
सकोस वा नसकोस ठुला नेतालाई चुनाव हराउन भए भरको शक्ति लाग्छ नै । स्वभाविक रुपमा प्रचण्डका बिरुद्ध पनि बिरोधी राजनीतिक शक्तिहरु पनि लाग्छन नै, त्यो कुनै नयाँ नौलो कुरा नै होइन् । ‘फलेको रुखमा नै ढुंगा हान्छन’ भन्ने नेपाली उखान प्रचण्डको हकमा चाँही लागु नै हुदैन भन्ने हुन्न ।
यसै सिलसिलामा काठमाडौं–१० र सिरहा–५ दुई स्थानवाट उम्मेदवारी दिएका प्रचण्ड बिरुद्ध सिरहामा चाँही यतिखेर ‘टेलर (प्रचण्ड) धपाऊँ, सिरहा–५ बचाउँ’ भन्ने नारा खुबै चल्न थालेको छ ।
असोज दोस्रो साता आफनो नयाँ निर्वाचन क्षेत्र सिरहा–५मा पहिलो पल्ट अध्यक्ष प्रचण्ड पुगेका थिए । गोलबजार र मिर्चैया गरी दुई स्थानमा उनले आफनो मन्तब्य राखेका थिए, जसमा उनले ‘टेलर र फिल्म’ का कुरा गरेका थिए । अध्यक्ष प्रचण्डका कार्यक्रममा उपस्थित जनसंख्या कम भए पछि उनले त्यसलाई ‘टेलर’ को संज्ञा दिएको र दशै पछि (अपार जनसहभागिता देखाउने) फिल्म देखाउने बताएका थिए । ‘यो (उपस्थीति) टेलर मात्रै हो, दशै पछि हामी पुरै फिल्म देखाउँछौ’ भन्दै भाषण गरे पछि माओवादी बाहेकका अन्य दलका नेताले प्रचण्डलाई ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिदै 'टेलर भगाउँ, सिरहा–५ जोगाऊ’ भन्ने उखान टुक्का जोडदै गाउँ सहरमा डुल्न थालेका छन् ।

माओवादी नै नेता लागे प्रचण्डलाई हराउन

यसैगरी, नेकपा–माओवादीका केन्द्रीय सदस्य बद्री बजगाई पनि प्रचण्डलाई हराउनका भरमग्दुर लागि परेका छन् । उनले आफनो फेसबुक स्टाटसमा धोकेबाज प्रचण्डका मत नई दिअ’ भन्दै एउटा लेख पोष्ट गरेका छन् । रातो झिल्कोमा प्रकाशित लेखलाई आफ्नो फेसबुकमा पुर्व मजदुर नेता बजगाईले उल्लेख गरेका हुन् । जहाँ भनिएको छ–

"धोकेबाज प्रचण्ड के मत नई दिअ’
- बद्रि बजगाईं
सिरहा–५ मा यतिवेला यो भनाइ निकै चर्चित बनेको छ, ‘स्वाभीमानी पिता के बेटा छी त भ्रष्ट और धोकेबाज प्रचण्ड के मत नई दिअ ।’ प्रचण्डका विरुद्ध घृणा र आक्रोस दिनदिनै बढेको छ तर उनको पक्षमा माहौल बनाउने आधार निकै कमजोर छ ।
पहिलो, यो क्षेत्र नेपाल कम्युनिस्ट पार्टी–माओवादीको बलियो आधार हो । माओवादीपछि एमाले यस क्षेत्रमा बलियो छ । तेश्रोमा, उपेन्द्र यादवको नेतृत्वको फोरम, एमाओवादी र नेकाको प्रतिस्पर्धा छ ।
प्रचण्ड जसको भरमा निर्वाचनमा लड्न सिरहा–५ मा गएका छन्, उनीहरु कोही पनि पार्टीभित्र प्रचण्ड खेमाका होइनन् । यो क्षेत्रमा एमाओवादीका वैकल्पिक केन्द्रीय सदस्य अविनास निर्वाचन लड्न चाहन्थे । उनी पार्टीमा भट्टराईनिकट हुन । पूर्व जनमोर्चाका नेता विश्वनाथ साह पनि यसै क्षेत्रमा लड्न चाहन्थे । निर्वाचन भएमा एमाओवादीमा प्रवेश गरेर यसै क्षेत्रमा निर्वाचन लड्ने कुरा महेन्द्र पासवानले प्रचण्डलाई पहिलेदेखि नै भनेका थिए । सूचना लिन र माओवादीभित्र भाँडभैलो मच्चाउनमात्र प्रचण्डले उनलाई माओवादीमा राखिरहेका थिए । उनको पक्षमा एमाओवादीमा कोही नरहेपछि अरुलाई स्वीकार्नुभन्दा प्रचण्डलाई त्यस क्षेत्रमा लैजानु बेस ठाने उनले । मात्रिका यादवको पार्टीबाट हालै एमाओवादीमा प्रवेश गरेका दिलिप साह पनि यसै क्षेत्रबाट उठ्न चाहन्थे । धेरैको यस क्षेत्रमा दावी भएको र धनुषामा सहजै नस्वीकारेकाले प्रचण्ड सिरहा–५ मा गए तर परिस्थिति उनले सोंचे विपरीत भइरहेको छ । अरु त अरु निर्वाचन वहिस्कार गरेका मात्रिका यादव यस क्षेत्रमा पार्टीका स्थापित नेता तथा पूर्व सभासद् जगत यादवलाई स्वतन्त्र उम्मेदवार बनाएर प्रचण्डलाई हराउन खुलेर लागेका छन् ।
‘आर्थिक अभावका कारणले कमजोर अवस्था नहोस’ भन्दै प्रचण्डले यस क्षेत्रका नेतालाई भनेका छन तर कसको तजबिजमा खर्च गर्ने भन्ने समस्या पनि त्यत्तिकै छ । विश्वनाथ साह पदीय हैसियतले माथि भए पनि उनीभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुमा अविनासको राम्रो पकड छ । विश्वनाथको चुरीफुरी उनलाई पटक्कै मन परेको छैन् । उनी र महेन्द्र पासवानको जोडबलमा आफूलाई यस क्षेत्रबाट विस्थापित गर्न प्रचण्डलाई ल्याएको भनेर अविनासलाई लागेको छ ।
काठमाडौं–१० मा पनि प्रचण्डको हालत निकै पतला छ । गजवको कुरा त के छ भने पदम कुँवरलाई वास्तविक माओवादीको प्रतिनिधि र प्रचण्डलाई खाओवादी भनेर जनजनमा चर्चा छ । यसपटक काठमाडौं–१० का जनताले पनि प्रचण्डलाई जिताउने सम्भावना असाध्यै कम छ ।



No comments:

Post a Comment