![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFgExtUNj0RR_ImtH5B1Z59OwL0Fed_91lqxw00Cy5wZCA_ntVWtYwxMb8I59lBepw4qKjnIKfd9GjD4HHsjQfGE47wGGZskvOC1X10A58Z4PUmApQ-mQUF_Gi7WF7lbt1Vz0SS_CF6o8/s1600/rekha.jpeg)
राजधानी दैनिकमा कार्यरता डब्बु क्षेत्रीले माओवादी निकट कलाकर्मी संघले १४ जना कलाकारको सिफारिस गरेको भन्दै समाचार लेखेका छन तर त्यहाँ रेखाको भने अत्तोपत्तो छैन । उनका अनुसार सबै कलाकार समानुपातिकमा सिफारिस भएका छन, प्रत्यक्षमा कोही पनि छैनन् । क्षेत्रीले लेखेको समाचारमा को–को उम्मेदवारका लागि सिफारिस भए त ? तल पढनु होस्,
एकीकृत नेकपा माओवादीअन्तर्गत अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गत राज्य कमिटीले दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक प्रनितिधित्वका लागि चलचित्र, संगीत र नाट्य क्षेत्रबाट १४ जना कलाकारको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाएको छ । चलचित्र, संगीत नाट्य क्षेत्रबाट सिफारिस माग केन्द्रबाट भएअनुसार सिफारिसका लागि नाम पठाइएको महासंघले जनाएको छ ।
एकीकृत नेकपा माओवादीअन्तर्गत अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गत राज्य कमिटीले दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक प्रनितिधित्वका लागि चलचित्र, संगीत र नाट्य क्षेत्रबाट १४ जना कलाकारको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाएको छ । चलचित्र, संगीत नाट्य क्षेत्रबाट सिफारिस माग केन्द्रबाट भएअनुसार सिफारिसका लागि नाम पठाइएको महासंघले जनाएको छ ।
पार्टीसँगै चलचित्र, संगीत तथा नाटय
क्षेत्रमा लामो समय देखि सक्रिय रहेका कारण यी स्रस्टाहरुको नाम सिफारिस
गरिएको महासंघले जनाएको छ । जसमा अभिनेत्रीका तर्फबाट काठमाडौंबाट मौसमी
मल्लको नाम सिफारिस गरिएको छ । तीन दशक देखि चलचित्रमा क्रियासिल मल्ल अखिल
नेपाल चलचित्रकर्मी संघसँग आबद्ध छिन् । चलचित्र विकाश बोर्डको पूर्व
अध्यक्ष गणेश भण्डारीको नाम सुर्खेतबाट सिफारिस गरिएको जनाएको छ । उनी
चलचित्रकर्मीका इन्चार्ज पनि हुन् । कलाकार एवँ द्धन्द्ध निर्देशक
राजेन्द्र खड्गीको नाम पनि काठमाडौंबाटै सिफारिस गरिएको छ ।
उनी निर्माता एवँ निर्देशक पनि हुन् ।
यस्तै चलचित्र निर्देशनबाट खड्गी बाहेक अरु ६ जनाको नाम सिफारिस गरिएको छ ।
ती मध्य नेपाल चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष केपी पाठकको नाम
काठमाडौंबाट सिफारिस गरिएको छ । अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष एवँ
चलचित्र निर्देशक शिबजी लामिछानेको नाम काँस्कीबाट सिफारिस गरिएको छ । उनी
चलचित्र निर्माता हुन् । लिम्वान चलचित्रकर्मी मञ्चका अध्यक्ष एवँ नेपाल
चलचित्र निर्माता संघका उपाध्यक्ष उदय सुब्बाको नाम महासंघले झापाबाट
सिफारिस गरेको छ । उनी चलचित्र निर्देशक हुन् । अलिख नेपाल चलचित्रकर्मी
संघसँग आबद्ध अर्का निर्देशक दीपक श्रेष्ठको नाम समानुपातिक उम्मेदबारका
लागि सुनसरीबाट सिफारिस गरिएको हो । उनी चलचित्र निर्माता पनि हुन् । अखिल
नेपाल चलचित्रकर्मी संघका उपाध्यक्ष बिजय बस्नेतलाई महासंघले महोत्तरीबाट
सिफारिस गरेको छ ।
उनी पनि चलचित्र निर्देशक हुन् । नेपाल
चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजु केसीको नाम मकवानपुरबाट सिफारिस
गरिएको महासंघले जनाएको छ । केसी छायाँकारका रुपमा पनि परिचित छन् । यस्तै
चलचित्र संगीतबाट दुई जना सँगीतबारको नाम महासंघले सिफारिस गरेको छ । जसमा
सँगीतकार चेतन सापकोटा र अर्का सँगीतकार लक्ष्मण शेष रहेका छन् । अखिल
नेपाल जनसाँस्कृतिक महासंघका अनुसार यी दुबै सँगीतकारको नाम मकवानपुरबाट
सिफारिस गरिएको हो । नाट्यकर्मी, कवि एवँ सँगीतकर्मी धिरेन्द्र
पे्रमर्षीलाई सिराहाबाट सिफारिस गरिएको छ ।
अर्का नाट्यकर्मी रमेशरञ्जन झालाई
धनुषाबाट महासंघले धनुषाबाट सिफारिस गरेको छ । लोक गायक एवँ सँगीतकर्मी
नारदमुनी हार्तुमछालीलाई भोजपुरबाट सिफारिस गरिएको पनि अलिख नेपाल
जनसाँस्कृतिक महासंघले जनाएको छ । एमाओबादी पार्टी केन्द्रिय समितिको
बैठकले यी १४ जना मध्य उपयुक्त लागेकाहरुलाई समानुपातिक बन्द सुचीमा
पठाउनको लागि सिफारिस गर्ने सो पार्टीले जनाएको छ । आगामी ४ मँसिरमा हुने
भनिएको निर्वाचनमा अन्य पार्टीले चलचित्र, सँगीत, नाट्य क्षेत्रबाट
कलाकारहरुलाई उम्मेदरबार बनाउने तयारी सहित सिफारिस मागेका बेला एमाओबादीको
कलाकारहरुको नाम पनि महासंघले सिफारिस गरेर केन्द्रिय कार्यालयलाई पठाएको
हो ।
No comments:
Post a Comment