‘तर, असोज ३ गते देखी लागु हुने गरी पार्टीको कुनै पनि पदमा नबस्ने र साधारण सदस्य पनि नहुने गरी राजिनामा दिएको छु, अब म पार्टीमा रहिन्’ क्षेत्रीले सुनाए, ‘राजनीति र आन्दोलन ठगी खाने ठाउँ नबनोस है भनेर ज्यान हत्केलामा राखेर क्रान्तिमा सामेल भए, तर अहिले म आफैले हार खाएँ ।’ उनले पार्टीमा असोज ३ गते देखी नरहेको तमुवान राज्य समितिका सेक्रटरी हरी अधिकारी र केन्द्रीय सदस्य राम कार्की लगायतलाई फोन गरी जानकारी मात्रै दिएका छैनन, पुङ्गदी भुङ्गदी गाउँ कमिटी देखी राज्य समितिसम्म राजिनामाको बोधार्थ पनि पठाइ सकेका छन् ।
दुई दुई पटक गरी झन्डै १६ महिना जेलजीवन बिताएका क्षेत्रीको युद्धकालमा पाएको यातनाले गर्दा उनको एउटा हात अझै राम्रोसँग चल्दैन् । अझ उनीसँग एउटा इतिहास यो जोडिएको छ कि क्षेत्री चर्चित गजुरी ‘ब्यारेक ब्रेकर’ पनि हुन् । जसले उनलाई चर्चित नै बनायो । ०५१ सालमा ल क्याम्पसमा स्ववियू सदस्यमा उम्मेदवारी दिएका क्षेत्री ०५४ साल देखी पुर्णकालिन भए । पार्टीको जिम्मेवारी थपिदैँ जाँदा उनी एकीकृत माओवादीको केन्द्रीय प्रचार विभागका सदस्य समेत हुन पुगे ।
हाल पोखरामा ‘द एलाइट क्याफे’ चलाएर गुजारा गरेर बस्ने क्षेत्रीका दुई सन्तान त छन तर बिडम्बना दुबै बहिरा । घर परिवार चलाउन र दुई सन्तानको उपचार गर्दा गर्दै भएको आम्दानी त जान्छ नै, उल्टै थप ऋण पनि थपिएको छ । जसका कारण उनलाई थप बेचौनी र हैरानी ब्योहोरि रहेका छन् ।
यतिखेर एमाओवादीको भाषामा पार्टी भित्र प्रवेशको ‘जनलहर’ छ, अध्यक्ष पुष्पकमल दाहाल अथवा अन्य शिर्ष नेताको हातवाट रातो टिको लगायो कि उसको सभासद ग्यारेन्टी हुन्छ, त्यो सम्भव नभए पार्टी जिम्मेवारी त पक्का नै हुन्छ । तर, हिजो माओवादीलाई माओवादी बनाउन परिवार नै केही नभनी ज्यान हत्केलामा राखेर योगदान दिने राजुहरु भने क्रमशः माओवादी राजनीतिवाट पलायन हुदैँछन् ।
उनको माओवादी राजनीति पलायनमा क्षेत्रीका युद्धकालिन सहकर्मी तथा प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले फेसबुकमा नै लेखेर दुःख मनाऊ गरेका छन् । उनले लेखेका छन्, ‘म आज निक्कै खिन्न छु साथी हो, जनयुद्धमा सेनाले हातै भाँचि दिएको, गजुरी ब्यारेकवाट हतियार खोसेर भाग्न सक्ने साहासी, इमान्दार र जुझारु लेखक राजु क्षेत्री एमाओवादीमा नाम, काम र सम्मान केही नभएको भन्दै पार्टी छाडे रे ।’ क्षेत्रीको राजनीतिक सन्यासले आफु स्तब्ध भएको भण्डारीको भनाई छ ।
‘पार्टी भित्रका बिकृती र बिसंगती मौलाउन थाले पछि त्यसका बिरुद्ध बोल्न थाले, कलम चलाउन थाले, अहिले त हुदाँ हुदाँ कतिसम्म भयो भने उल्टै म त पार्टीका मान्छे नै होइन रे, प्रतिक्रियावादी, पुजिँवादी, सामान्तवादसँग साँठगाँठ भएको मान्छे समेत भन्न थाले,’ क्षेत्री सम्झन्छन, ‘हिजो युद्धमा ज्यानबाजी राखेर हिड्ने आज म प्रतिक्रियावादी र सामान्तवादको दलाल भए, हिजो आएका चाँही अबसरवादी चाँही आज क्रान्तिकारी दरिदैँ गएँ ।’ माओवादी राजनीतिवाट सन्यास लिए पछि उनको अब एउटै लक्ष्य छ, क्याफे र कुखुरा फार्ममा पुरै समय दिने र आफुलाई आर्थिक रुपले बलियो बनाउने ।
No comments:
Post a Comment