Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, September 14, 2013

अरु पनि रहेछन पत्रकार, संविधानसभाका उम्मेदवार (अपडेट)

दामोदर तिमल्सिना, एनेकपा माओवादी
गत बिहिवारको नागरिक दैनिकमा ‘चार दर्जन पत्रकार, पार्टीका उम्मेदवार’ शिर्षकमा संविधानसभा निर्वाचनमा उम्मेदवारका लागि सिफारिस भएको समाचार लेखे पछि धेरै पत्रकार अग्रज र मित्रहरुले फोन गरेर ‘मेरो नाम छुटाई दिनु भयो’ भन्दै गुनासो गरे । केही मैले नचिनेका तर मेरा साथीले चिनेका पत्रकारको नाम टिपाएका छन, जो संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारका लागि सिफारिस भएका छन् । 
नागरिकमा छुटाउने चाँही मेरो नियत थिएन, पुर्ण जानकारी नपाएको मात्रै हो । केही पत्रकार साथी र अग्रजको नाम थाहा पाएर पनि लेख्ने बेला चाँही भुलचुक हुन पुग्यो ।   नागरिकमा नलेखिएका केही पत्रकारको उम्मेदवारी संवन्धि स्टाटसमा म स्वयंले कमेन्ट पनि गरेको थिए, सद्यै भेट भएर चिया पिउने गरिएका समेत छुटन पुगेछन् । त्यसैले ब्लगमा भए पनि त्यसलाई समेटने प्रयास गरेको छु ।
छलफल साप्ताहिकका कार्यकारी सम्पादक उपेन्द्र केसी भक्तपुर–२ वाट नेकपा एमालेवाट सिफारिस भएका रहेछन् । त्यसैगरी, सर्लाही एफएमका चुणामणी वाग्ले समानुपातिकको कोटामा एमालेवाटै सिफारिस छन् । नयाँ पत्रिकाका टेकराज थामी पनि एमाले निकट लोकतान्त्रिक थामी संघवाट समानुपातिकको सिफारिसमा परेको खबर आएको छ ।
नेपाली कांग्रेसका तर्फवाट पत्रकार महासंघका पुर्व महासचिव पोषण केसी वाँकेवाट र महासंघ अछामका सभापति बेदप्रकाश तिमल्सैना कांग्रेसवाटै समानुपातिकमा नै सिफारिस हुन पुगेका छन् । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोकका पुर्वसभापति इश्वरी ओझा प्रत्यक्षमा सिफारिस भएका रहेछन् । प्रेस युनियनकी उपमहासचिव वाला अधिकारी ओखलढुंगावाट समानुपातिकमा परेकी छिन् । 
एकीकृत माओवादीवाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दामोदर तिमल्सिना पनि समानुपातिक कोटामा सिफारिस हुन सफल भएका छन् ।
नाम उपलब्ध भए, पछि फेरी समेटने प्रयास छु । 

No comments:

Post a Comment