Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, September 11, 2012

आतंकाकारी सूचिवाट हटाएकोमा धन्यवाद: प्रधानमन्त्री

मेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ व्लेकले प्रधानमन्त्री डा। बावुराम भट्टराईसँग मंगलबार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय िसंहदरवारमा भएको भेटमा प्रधानमन्त्री डा। भट्टराईले माओवादीलाई अमेरिकाले व्यक्त गर्दै यसले शान्ति र संविधान निर्माण प्रकि्रयालाई सहयोग मिल्ने बताउनु भयो ।

भेटका क्रममा प्रधानमन्त्रीले वर्तमान राजनीतिक निकासको बारेमा दुई विकल्प भएको बताउनु भयो । पहिलो विकल्पको रुपमा राजनीतिक सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जाने र दोस्रो विकल्प संविधानको अन्तरवस्तुमा सहमति गरेर संविधानसभाको पुनःस्थापना गरेर जानसकिने बताउनु भयो । समस्या समाधानका लागि सरकार सहमति निकालेर अगाडि बढ्न चाहेको पनि उहाँले बताउनु भयो । नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्ध रहँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यसलाई अझ मजवुत बनाउनु पर्नेमा जोड दिनुभयो । अमेरिकी लगानिकर्ताहरुलाई नेपालमा लगानीको लागि सरकारको सधै स्वागत रहेको प्रधानमन्त्रीले बताउनु भयो ।
शान्ति प्रकि्रयाको अभिन्न पाटोको रुपमा रहेका सेना समायोजन सत्य निरुपण तथा मेलमिलाप आयोग वेपत्तासम्बन्धी आयोगको गठन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने पनि प्रधानमन्त्रीले बताउनु भयो ।
भेटका क्रममा शरणार्थी समस्याबारे पनि चर्चा भएको थियो । अमेरिकी सहायक विदेशमन्त्रीले तिव्वती शरणार्थीहरुबारे जिज्ञासा राख्नुभएको थियो भने प्रधानमन्त्रीले भुटानी शरणार्थीको बारेमा चासो व्यक्त गर्नुभएको थियो । उहाँले शरणार्थीका अधिकारहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित गरिने पनि बताउनु भयो ।
भेटमा अमेरिकी सहायक मन्त्री व्लेकले अमेरिकाले माओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराउनु भएको थियो । उहाँले नेपालमा विकसित वर्तमान राजनीतिक अवस्थाको बारेमा पनि प्रधानमन्त्री समक्ष चासो व्यक्त गर्नुभएको थियो । अमेरिकाले नेपालमा शान्ति र संविधान निर्माण प्रकि्रया सम्पन्न भएको हेर्न चाहेको उहाँले बताउनु भयो । उहाँले अमेरिका नेपालमा आर्थिक लगानी बढाउन इच्छुक रहेको बताउनु भयो ।

No comments:

Post a Comment