सर्वसाधारणलाई जीवन धान्न कठिन हुनेगरी आकासिएको मूल्यवृद्धिका विरुद्ध १०
वटा विद्यार्थी संगठनहरुले भदौ २७ गते राखेको नेपाल बन्द लगायतका सबै विरोध
कार्यक्रमलाई हाम्रो पार्टी समर्थन गर्दछ ।
साथै चाडको मुखमा आएर भएको मूल्यवृद्धि, कृत्रिम अभाव र कालाबजारीको विरुद्ध हाम्रो पार्टीले आयोजना गरेको भदौ २९ गतेको नेपालबन्दलाई सफल पार्नका लागि हामी सबैसँग हार्दिक अनुरोध गर्दछौं । तत्काल महङ्गी नियन्त्रण भएन भने थप सङ्घर्षका कार्यक्रमको घोषणा गर्न चेतावनी समेत दिन चाहन्छौं ।
२८ जनाको ज्यान जानेगरी कालिकोटमा गतराति भएको बस दुर्घटनाले हामीलाई स्तब्ध बनाएको छ । दुर्घटनामा परी निधन भएकाहरुका परिवारलाई तत्काल राहत र घाइतेहरुलाई निःशुल्क उपचार गर्न हामी सरकारसँग माग गर्दछौं । अव्यवस्थित सडकहरुमा सुरक्षाको प्रत्याभूति नहुने गरी यातायात संचालन गर्दा सर्वसाधारण जनताको अकालमा ज्यान गुमिरहेको छ । सडक र यातायातलाई तत्काल व्यवस्थित गर्न सरकारसँग हामी जोडदार माग गर्दछौं । - पम्फा भुसाल, प्रवक्ता, नेकपा-माओवादी

No comments:
Post a Comment