काठमाडौं भदौ २0 (नागरिक)- एकीकृत माओवादीले महाधिवेशन आयोजक समितिमा मधेसी समुदायको प्रतिनिधित्व गराएर उनीहरुको माग सम्वोधन गरिदिएको छ । बुधबार केन्द्रीय कार्यालयको बैठकले मधेसी समुदायबाट नौजनालाई आयोजक समिति सदस्यमा र तीनजनालाई सल्लाहकारलाई मनोनयन गरेको हो ।
सदस्यहरु थप गरे पछि आयोजक सदस्य भरत साहले पार्टी भित्रको लडाईमा विजय हासिल गरेको बताए । ुपार्टीमा मधेसी समुदायको प्रतिनिधित्व वढाउनु पर्छ भनेर लामो समय देखी माग गर्दै आएका थियौ आज हाम्रो मागमा सम्बोधन भएको छु साहले भने ुपार्टीभित्रको लडाइँ जितेको अनुभव भइरहेको छ ।ु
उनका अनुसार मिथिला राज्यसमितिबाट अमर मण्डल उमेश यादव हरिनारायण चौधरी र अजयशंकर नाथ तथा भोजपुराबाट देवेन्द्र पट्टेल बिन्देश्वर यादव र उपेन्द्र साहलाई केन्द्रको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी अवधबाट चिनक कुर्मी र राजु हरिजन आएका छन् भने सत्यनारायण भगत चन्देश्वर बैठा र रामानन्द महतोलाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
No comments:
Post a Comment