Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, September 25, 2012

माओवादीको सम्पत्ति छानविन समितिको प्रतिवेदन अर्को महिना सार्वजनिक हुने

१० असोज, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका नेताहरुको सम्पत्ति छानविन गर्न गठिन समितिले एक महिना पछिमात्र आफुले तयार पारेको प्रतिवेदन पार्टीमा बुझाउने भएको छ । उक्त प्रतिवेदन आज बुझाउने भनिएपनि प्रतिवेदन तयारीको सम्पूर्ण काम नसकिएकाले अर्को महिना बुझाउने तयारी भएको समितिले जनाएको छ ।

माओवादी नेताहरुले विभिन्न स्थानमा अनियमितता गरेको र शान्तिप्रक्रियामा आएपछि अधिक सम्पत्ति जोडेको भन्ने आरोप आफ्नै कार्यकर्ताले लगाएपछि गत साउनमा बसेको विस्तारित वैठकले नेता अमिक शेरचनको संयोजनकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरी नेताहरुले गरेको अनियमितताका बारेमा अध्ययन गरेको थियो ।
समितिले पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरुको सम्पत्ति छानविन गरी अध्ययन गरीरहेको समितिका सदस्य लोकेन्द्र विष्टले जानकारी दिनुभयो ।
आयोगले कात्तिकको पहिलो हप्ता प्रतिवेदन महाधिवेशन आयोजक समितिलाई बुझाउने तयारी भएको विष्टले बताउनुभयो । पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्ने समितिमा संयोजक शेरचन, सदस्यहरु विष्ट र नवराज सुवेदी रहनुभएको छ ।
sorce:onlinekhabar

No comments:

Post a Comment