काठमाडौं, असोज ७ - छिमेकी मुलुक भारतको प्रमुख विपक्षी दल भारतीय जनता
पार्टीको विदेश विभागमा नेपाली महिला चयन भएकी छिन् । भाजपाका बरिष्ठ नेता
विजय जोली नेतृत्वको विदेश विभागमा नेपाली महिला निलनी ज्ञवालीलाई चयन
गरिएको हो ।
नेपाल प्रतिको दृष्टिकोण भारतमा बसेर निर्धारण गर्न नसकिने र त्यो सही पनि
नहुने निष्कर्ष सहित बीजेपीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक
क्षेत्रको ज्ञान राख्ने प्रबुद्ध नेपालीबाट नेपालको सही तस्वीर प्राप्त
हुने आशा सहित ज्ञवालीलाई नियूक्त गरेको हो । भाजपाले नेपाल सहित अमेरिका,
क्यानडा, बेलायत, नर्वे, जापान र ईजरायल सहितका मुलुकमा बस्ने नागरिकलाई
पनि आफ्नो विदेश विभागको टिममा राखेको छ ।
source.unn.com
No comments:
Post a Comment