प्रकाश तिमिल्सिना, काठमाडौं, भदौ २९- आन्तरिक विवाद नमिलेका कारण एकीकृत
नेकपा माओवादीले घोषणा गरेको सबै जनवर्गीय संगठनको सम्मेलन स्थगित भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईका गुटबीच
आन्तरिक विवाद नमिलेपछि सम्मेलन स्थगित भएको हो।
पार्टीले आफ्ना सबै संगठनको सम्मेलन मंसिरभित्रै सकाउने भनेको थियो। 'कतिपय प्राविधिक र अन्य जटिलताका कारण जनवर्गीय संगठनहरुको निर्धारित सम्मेलन हाललाई स्थगित गरिएको छ,' विज्ञप्तीमा भनिएको छ, ‘सम्मेलनको अर्को मिति जनवर्गीय संगठनका फ्रयाक्सन इञ्चार्ज र सम्बन्धित संगठनका पदाधिकारीहरुसँग सल्लाह गरेर तोकिनेछ।'
पार्टी पदाधिकारी बैठकले गुटहरुबीच विवाद बढाएपछि सबै जनवर्गीय संगठनको सम्मेलन स्थगित गरेको हो। भोलिदेखि पोखरामा हुन गइरहेको अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघको चौथो राष्ट्रिय सम्मलेन पनि स्थगित भएको छ।

No comments:
Post a Comment