Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, September 8, 2015

ज्यान फालेर संविधान लेख्न प्रचण्ड किन लागिरहेका छन त ?

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा संविधान निमार्ण कार्य टुंग्याउन नसकिए राजतन्त्र फर्कने खतरा बढेको बताएका छन्।
पार्टी निकट मधेसी नेताहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले राजतन्त्र फर्काउने खेल सुरु भएकाले आफूले संविधान निमार्णमा ढिलाई गर्न नचाहेको प्रस्टिकरण दिएका हुन्।
पार्टी निकट राष्ट्रिय मधेसी मोर्चा, क्रान्तिकारकिा संयोजक रामकुमार शर्माका अनुसार प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढ्दै गएपछि संविधान निमार्णलाई चाँडो टुंगाउन लागिपरेको अध्यक्ष दाहालले जनाकारी दिए।
'संविधान निमार्ण जति ढिलो हुन्छ, त्यति राजतन्त्र फर्काउन खोज्नेहरुको शक्ति बढ्दै जान्छ, त्यसैले गणतन्त्रको रक्षा गर्न पनि संविधान निमार्ण चाँडो गर्न खोजिएको अध्यक्षले बताउनुभयो,' शर्माले नागरिकन्युजसँग भने। उनका अनुसार भेटघाटमा अध्यक्ष दाहालले राजतन्त्र फर्काउनका लागि बिभिन्न शक्ति केन्द्र लागि परेको र त्यो शक्ति बलियो गएको सुनाएका थिए।
राजावादी शक्ति हावी हुँदै गएपछि माओवादीले लचकता अपनाएर संविधान निमार्णमा लागि परेको दाहालले सुनाएका थिए।

संविधान निमार्णमा तराई–मधेसका मुद्धालाई नजरअन्दाज गरेर बढन नहुने भन्दै गुनासो लिएर अध्यक्ष दाहाललाई भेटन गएका शर्मा नेतृत्वको टोलीसँग दाहालले राजावादी शक्तिको खतरा औल्याएका हुन्।  शर्मासहित रामचन्द्र झा, विश्वनाथ साहलगायतका माओवादीका मधेसी नेता मधेसका जायज मागलाई सम्वोधन गर्नु पर्छ भन्दै दाहालसँग भेटघाटका लागि गएका थिए।

'हामीले यो पनि भन्यौ कि हिजो नागरिकता मात्रै माग्दै आएका मधेसी दलका केही नेताले आज मधेसलाई बेग्लै देश बनाउनेतर्फ संकेत गराएको तर्फ ध्यानाकषर्ण गराएका छौं' शर्माले भने । उनका अनुसार मधेसमा जायज मागलाई नयाँ संविधान निमार्णको क्रममा सम्बोधन गरेर जानु पर्नेमा जोड गरिएको छ।

अध्यक्ष दाहालले संविधान निमार्णलाई टुंगोमा पुर्याउन नसके धेरै उपलब्धि गुम्ने खतरातर्फ सचेत हुन पार्टी नेताको पनि ध्यानाकर्षण गराएका छन्। २०६९ जेठ २ गतेको सम्झौतालाई कार्यान्वयन गरेर जान नसक्दा धेरै उपलब्धिहरु गुमेको उदाहरण दिदै अहिले संंविधान निमार्ण गर्न नसके गणतन्त्रसहित संघीयता पनि गुम्नेतर्फ दाहालले ध्यानाकर्षण गराएका छन्।

'हिन्दु राज्य र धार्मिक स्वतन्त्रता भनेर झन्डै धर्मनिरपेक्षता गुमिसकेको थियो तर त्यो बालाबाल जोगिएको छ, अझ संविधानसभाको प्रक्रियावाट अलग हुदैँ जाने र आन्दोलन मात्रै गरिरहने हो भने यो संघीयता पनि गुम्छ र राजतन्त्र पनि फर्कन्छ' दाहाललाई उद्यृत गर्दै अर्का नेताले भने। उनका अनुसार प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुको विकल्प नभएको दाहालको तर्क थियो।

दाहाललाई आन्दोलनमा जानका लागि जोड गर्न मधेसी नेता पुगेका थिए। दाहालले जवाफमा संविधानसभामा आफूले धारणा राख्ने र त्यसमा सहमत हुन नसके आन्दोलनमा जान अनुमति प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्। दाहालले संविधान निमार्णलाई केन्द्रमा राखेर आफनो गतिबिधि सञ्चालन गर्न नेताहरुलाई निर्देशनसमेत दिएका छन् ।

No comments:

Post a Comment