सत्रौं शताब्दीमा हत्या अभियोगमा भीमफेदी
कारागारमा रहेका बरियारपुरका भगवान दास थारुले भगवतीको भाकल गरी गाँउमा
त्रिशुल स्थापना गरेपछि उनी कैदमुक्त भएको र त्यसपछि मन्दिर स्थापना गरी
पूजा र बलि दिने परम्परा चलेको लोकोक्ति छ । गढीमाईमा अहिले पनि दासकै खलकका मंगल चौधरी पुजारी छन् ।
बलि दिने तिथि भन्दा एक दिन अगावै गढीमाई (भगवतीे) को तान्त्रिक
विधिद्वारा भगवानदास थारुका सन्ततीको घरमा पूजा–अर्चना हुन्छ । घरमा
पूजा–अर्चनापछि मध्यरातमा सात जना महिलालाई शृंगार गरी गढीमाई मन्दिर छेउमा
रहेको ब्रम्हस्थानको पूजा गरिन्छ । पूजापछि गढीमाईलाई पञ्च बलि दिएर बलि
आरम्भ गर्नेे परम्परा छ । त्यसक्रममा दुःखा धामीले आफ्नो शरीरको पाँच
भागबाट रगत निकाली रगतको बलि पनि दिने गर्छन् । त्योसँगै जंगली सेतो मुसा,
परेवा, कुखुरा, हाँस, सुंगुरको बलि दिने गरिन्छ ।
|
No comments:
Post a Comment