Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 10, 2013

लोकतन्त्रवादी, कमल थापाको खिसिटियुरी हेर्नुहोस

‘सदबहार कन्फिडेन्स’ अर्थात कमल थापा । नेपालको राजनीतिमा एउटा यस्ता नेता पात्र हुन्, जो अरु भन्दा फरक छन् । मुलुक गणतन्त्रमा गइसक्यो, थापा चाँही राजतन्त्र चाहियो भनेर उफ्रिरहन्छन् । मुलुक धर्मनिरपेक्षतामा गएको धेरै भइसक्यो तर उनी हिन्दू राज्य हुनुपर्छ भनेर माग गरिरहन्छन् । यस्ता कयौं मुद्धा छन, जसले थापालाई मुलधारको राजनीतिवाट अलगधारको प्रतिनिधित्व गर्ने नेता रुपमा उभ्याइरहेको छ ।राजावादी थापा यतिखेर सामाजिक सञ्जाललाई प्रयोग गरी लोकतन्त्रवादीलाई निरन्तर खिस्युटीरी गर्दैछन् । लोकतन्त्रवादी भन्ने राजनीतिक दलका नेताले गरेका गल्ति र कमजोरीलाई उनी मज्जै सामाजिक सञ्जालमा उल्लेख गर्छन् ।
कसैले मानुन÷नमानुन जनतामा उनको आकर्षण पनि क्रमशः बढीरहेको छ । केही साता अघि हिमाल साप्ताहिकको एउटा सर्वेक्षणले ‘दक्षिणपन्थी’ हरु मुलुकमा पुनः क्रमशः शक्तिशाली हुदै गएको र जनमत पनि क्रमशः त्यता तिर ढल्कदै गएको देखाएको थियो । ‘लोकतन्त्रवादी’ भन्न रुचाउनेहरुले गरेका कमी कमजोरीलाई यतिखेर ‘दक्षिणपन्थी’हरुले मज्जैसँग प्रचार÷प्रसार मात्र गरेका छैनन, त्यसको फाइदा पनि लिइरहेका छन् ।

लोकतन्त्र भन्दा पनि ‘राजतन्त्र’ नै ठिक थियो भन्ने जमात मुलुकमा क्रमशः बढन थालेको छ, भलै त्यो राजतन्त्रका विरुद्धको आन्दोलनमा सक्रिय नै किन नभएको होस् । हिन्दु राज्य माग गर्ने जमात पनि क्रमशः बढेको छ । राजतन्त्र फाल्नका लागि नेतृत्व गरेको नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दु राज्य हुनुपर्नेे मागले पनि त्यसतर्फ प्रस्ट संंकेत गरिसकेको छ ।
लोकतन्त्रवादी कमजोर भए भने त्यसको फाइदा लिने भनेको दक्षिणपन्थीले नै हो, यथास्थीतिवादीले नै हो । त्यसले जनताको जीवनस्तरमा कस्तो असर पार्छ, त्यो भने भोली देखिएला । हिजो राणाकालिन शाषन मात्र होइन, पंञ्चायती कालरात्री भोग्नेहरु आज धेरै जिउँदै छन् । तर, कमल थापाले लोकतन्त्रवादीलाई खिसयुटियुरी गरे पनि उनका कुरा नाजायज छैनन भन्ने पनि लाग्न सक्छ, जब तपाई थापाले गरेका टिवट पढनु हुन्छ । जे होस, लोकतन्त्रवादी कमजोर हुदैँ जानु र दक्षिणपन्थी हावी हुदै जानुले राम्रो सन्देश भने दिदैन् । सर्तक हुनु÷नहनु त्यो लोकतन्त्रवादी भन्ने नेताहरुको कुरा हो तर तलका कुरा चाँही थापाका हुन् । उनका कुरामा सहमत हुनैपर्छ भन्ने चाँही छैन तर पढदा चाँही केही बिगार भने गर्दैनन् ।
तल उल्लेख गरिएका भनाई उनका टिवटर (KTNnepal) वाट साभार गरिएका हुन् । 

देसलाइ संकटको चक्रव्युहमा फसाउने असक्षम जमातसंग राजनैतिक सैलिमा फोटो सेसन गर्ने FNCCI को कार्य सस्तो लोकप्रियता हो वा सहि प्रतिवद्धताको खोजि

निष्पक्ष चुनावको लागि भट्टराई सरकारको नियुक्तिहरु खारेज गर्नु पर्छ भन्ने CONGRES/UML ले आफ्नो शिफारिसमा मन्त्रि र आयुक्त नियुक्त गर्न मिल्छरु

अजब नेपाल गजब चाला ( २०६९ मा तिन वटा बजेट अनि २०७० मा तिन वटा दसैं

सिद्धान्त बिनाको राजनीति, चरित्र बिनाको ज्ञान, परिश्रम बिनाको धन, मानवता बिनाको विज्ञान, नैतिकता बिनाको व्यापार पाप हुन( महात्मा गान्धी

आगामी चुनावमा राप्रपा नेपालको घोषणा प्रत्रमा समेटिईनु पर्ने बिषयहरु बारे सुझावको निमित्त हार्दिक अनुरोध गर्दछु ।

माओवादीको सर्वसत्तावादले लोकतन्त्र खतरामा परेको भन्दै कोलाहल गर्ने कांग्रेस एमाले अहिले माओवादी संगै मिलेर चार दलिय सर्वसत्तावाद चलाई रहेछन

तटस्थता केवल मुखले बोलेर मात्र हुंदैन । देखिनु पनि पर्दछ । दलिय भागवण्डामा मन्त्रि परिषद बनाए पछि रेग्मी सरकारको तटस्थताको चीर हरण भएको छ ।

हिंसाको गौरव गान गाएर संस्थागत गर्न खोजिएको परिवर्तनको उपज हो बन्दको संस्कृति । के हामी विगतका त्रुटि सच्याउने साहस गर्न सक्छौर ? आत्मालाई सोधौ।

जेष्ठ भित्र चुनाव नहुने हो भने प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने औचित्य समाप्त हुन्छ ।

रंगशालामा हजारौ उत्साहि दर्शकका माझमा बसेर नेपालले जितेको हेर्न पाउनु शौभाग्य हो ।खेलाडीहरुलाई बधाई । हाईट्रिक गर्ने भरत खवास आजका हिरो हुन ।

No comments:

Post a Comment