Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, February 8, 2013

प्रचण्ड दस्तावेजमाथीका रमाईला, घोचक र रोचक टिप्पणीहरु


एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौडमा आजै सम्पन्न भएको महाधिवेसनमा ‘नेपाली क्रान्तिको नयाँ संश्लेषणः एक ऐतिहासिक आवाश्यक्ता’ शिर्षकको प्रतिवेदन पेश गरेका छन । सो प्रतिवेदन सामान्य परिमार्जनसहित महाधिवेसनवाट पास भइसकेको छ । यहाँ अध्यक्ष प्रचण्डको प्रतिवेदनमा गरिएको रोचक, घोचक र तथ्यगत टिप्पणीहरुलाई उल्लेख गरिएको छ । साच्चै, प्रचण्डको प्रतिवेदन कस्तो रहेछ त ?   

प्रचण्डले चप्काए हाम्रा प्रस्ताव 
एकीकृत नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत दस्ताबेजका अन्तर्निहित पक्ष तीनवटा छन् । हामीले हाम्रो पार्टी नेकपा (एमाले)को आठौं महाधिवेशनमा तत्कालिन महासचिव झलनाथ खनालको दस्तावेजको विकल्पका रुपमा ‘पूरक प्रस्ताव’ भनी पेश गरेका कुरालाई नै कमा र फुलस्टिम मिलाएर प्रचण्ड आफ्नो महाधिवेशनमा पेश भएका छन् ।
हामीले प्रस्तावमा उल्लेख गरेका थियौं कि, ०६२/६३ को जनआन्दोलन चानचुने कुरा थिएन । त्यो नयाँ जनवादी राजनीतिक क्रान्ति हो । प्रचण्डले अहिले यही कुरा स्वीकार गरेका छन् । हामीले भनेका थियौं, नेपाल अब अर्धसामन्ती र अर्धऔपनिवेशिक होइन । अहिलेको नेपाली समाजको चरित्र भनेको पुँजिवादी हो । त्यो पुँजिवादको चरित्र पनि दलाल छ । यसर्थ हामी अहिले दलाल पुँजिपति समाजमा छौं । यो दलाल पुँजिवादलाई नियन्त्रण र रुपान्तरण गर्दै समाजवादको आधार तयार पार्नुपर्छ ।
हामीले कम्युनिस्ट आन्दोलनको विकासका निम्ति केही वर्षपहिल्यैदेखि यही कुरा उठाउँदै आएका थियौं, जो प्रचण्डले आज उठाइरहेका छन् । तर, माओवादीभित्र यो तहको राजनीतिक विश्लेषण अटाउँदैन । त्यहाँ पराधिनता र पराश्रितका विषयमा ठूलो समस्या छ ।
अहिले त्यसलाई रोक्ने कार्यदिशा चाहिएको हो । भारतसँगको आर्थिक सम्झौता नफेरिकन त्यो सम्भव छैन । माओवादीको फ्रेमभित्र ऊप्रतिको निर्भरतालाई जस्ताको तस्तै राखेर जनवादी क्रान्ति गर्ने गफ प्रचण्डले गर्नु दिवास्वप्न मात्र हो ।
घनश्याम भुषाल, एमाले केन्द्रीय सदस्य


त्यो दस्तावेज प्रचण्डको होइन 
”त्यो दस्तावेज प्रचण्डको होइन, त्यो बाबुरामजीको लाइन र विचार हो, अझ अहिले त एमाले नेता घनश्याम भुसालको प्रतिवेदनका धेरै अंश चोरी भएको सार्वजनिक भएको छ ”
मोहन वैद्य, अध्यक्ष, नेकपा-माओवादी


राजनीतिक पार्टीको दस्तावेजमा त्यस्तो हुँदैन
नेपालको सीमा नेपालकै सीमा हो, त्यहाँ जनमत संग्रहको आवश्यकता छैन । कतिपय  विषय त अहिले नै परिमार्जन गरिन्छ । सीमाबारे अहिल्यै सच्याइन्छ । त्यस्तै असमान, सन्धि-सम्झौताको खारेजीको कुरामा संविधानको ड्राफ्टको एउटा अंश परेछ । त्यसमा संविधान जारी भएको एक वर्षपछि भन्ने परेछ । राजनीतिक पार्टीको दस्तावेजमा त्यस्तो हुँदैन ।
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष, एमाओवादी

प्रचण्डको दस्तावेजमा सहकारी एवं उत्पादनमा जोड दिने भनेका छन् तर, यो कार्यक्रम आम जनताका लागि नभएर कार्यकर्ताका लागिमात्रै ल्याइएको जस्तो देखन्छि, प्रचण्डले भनेको कुरा उनका तलका कार्यकर्ताले आआफ्नो किसिमले बुझेका छन् । अब गाउँमा गएर कमाउन पाइने भो, अब गाउँमा गएर धम्क्याउन पाइने भो भन्ने ठानेका छन् । माओवादीका धेरै कार्यकर्ताहरु उत्पादन गर्ने भन्दा अरुको उत्पादन खोसी खाने धेरै छन् । आफैं उत्पादनमा लाग्ने कार्यकर्ताको संख्या सारै थोरै छ । अरुको उत्पादन लुटीखाने प्रवृतिका मान्छे माओवादीमा धेरै छन् । राजनीतिक नाममा हिजो उनीहरु लुटी खाएर हिँडेका छन् । यहाँ मागी खाने, लुटी खाने, धम्क्याई खाने मान्छेहरुको संख्या धेरै छ । यस्ता कार्यकर्ताबाट के उत्पादन होला ?
राधाकृष्ण मैनाली, एमाओवादी सल्लाहकार

उत्पादन ब्रिगेड नभई आर्थिक ब्रिगेड 

माओवादीले भनेको उत्पादन ब्रिगेड नभई आर्थिक ब्रिगेड भएको, अहिले जुन संकलनको दौर चलेको छ, त्यसलाई तिव्रता दिने, अब हामीले देश बनाउन लागेका छौं, पैसा दिनुस, हामीसँग त पैसा छैन भन्ने ।’ अहिले जुन संकलनको दौर चलेको छ, त्यसलाई तिव्रता दिने, अब हामीले देश बनाउन लागेका छौं, पैसा दिनुस, हामीसँग त पैसा छैन भन्ने ।’ 
केपी शर्मा ओली, एमाले नेता 

चुनावी घोषणापत्रजस्तो 
 'अध्यक्षको दस्ताबेज राजनीतिक पार्टीको कार्यदिशाभन्दा पनि चुनावी घोषणापत्रजस्तो भएको, राष्ट्रिय स्वाधीनताबारे मौन' 
चन्द्रबहादुर थापा, समूह ६

'सरकारलाई विपक्षीहरूले भारतीय दलाल भनेका छन्, कि त्यसो भन्नेलाई कारबाही गर्नुपर्‍यो, त्यस्तै भएको हो भने दलाली गर्नेलाई कारबाही गर्नुपर्‍य"
कृष्णहरि अधिकारी, समूह नम्बर २४

भारतीय विस्तारवादको कुरा खोइ ?'
वीरबहादुर कुवर, समूह ११

सीमाका बारेमा जनमत संग्रह गर्ने भन्ने कुराले सिक्किमीकरण र फिजीकरणको खतरा निम्त्याउछ ।'
श्यामकुमार श्रेष्ठ, समूह १०

प्रचण्डपथ छाडेर ‘चाप्लिन’ पथमा

अब एमाओवादीले हेटौंडा महाधिवेशनबाट यस्तो पार्टीले के नयाँ उदेक गर्ला ? यो निश्चित छ कि हेटौडा महाधिवेशनमा पनि पदका लागि र आर्थिक अनियमिततालाई ढाकछोप गर्नका लागि भृकुटीमण्डपमा जस्तै मारमुङ्री चल्ने छ । आर्थिक बृगेड, क्रान्ति, यी त सब भन्ने कुरा न हुन् । प्रचण्ड आफैंले प्रचण्डपथ छाडिसकेका छन्, अब हेटौडाबाट उनी ‘चार्ली चाप्लिन’जस्तो हास्यपात्र भएर बाहिर निस्कने छन् । महाधिवेशनमा त्यस्तो कुनै जादूको छडी छैन । पार्टीबाहिर छ्याप्छ्याप्ती भैसकेको दस्तावेज जिल्ला अधिवेशनमा आफ्ना ५० जना कार्यकर्तालाई एक थानमात्र बाँडेर स्वस्थानी सुनाएजसरी सुनाउने प्रचण्डको निबन्धमा गोपाल किरातीले काँसको थालमा भात खान नपाएको गुनासो समेत समेटिएको छ ।
अरुण बराल

अरुको अवधारणा ‘कपी पेस्ट’

पार्टी विभाजन नहुदै ०६६ चैतमा किर्तिपुरको एउटा प्रशिक्षणमा जनस्वयंसेवक परिचालन ब्युरोको अवधारणा पेश गर्दै बिप्लबले हजारौ कार्यकर्ताका सामु प्रचण्डलाई साक्षि राखेर भनेका थिए– ‘जनस्वयंसेवक परिचालन ब्युरोले तीनवटा कार्य गर्नेछ– पहिलो, पुर्ननिमार्ण र निमार्ण, दोस्रो, उत्पादन र तेस्रो जनसुरक्षा ।’ बिप्लवले पेश गरेको अवधारणामा रहेको ‘जनसुरक्षा’लाई काटेर प्रचण्डले महाधिवेसनमा प्रतिवेदन पेश गर्दै भनिरहेका छन, ‘पार्टी कार्यनीतिको नयाँ आयम, उत्पादन तथा निमार्णका लागि संघर्ष ।’
source:  http://prakashujyalo.blogspot.com/2013/02/blog-post_3.html







No comments:

Post a Comment