Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, February 3, 2013

अरुको अवधारणा ‘कपी पेस्ट’ गरी प्रचण्डले आफ्नो भन्दै महाधिवेसनमा किन पेश गरे ?

प्रकाश तिमल्सिना
पार्टी विभाजन नहुदै ०६६ चैतमा किर्तिपुरको एउटा प्रशिक्षणमा जनस्वयंसेवक परिचालन ब्युरोको अवधारणा पेश गर्दै बिप्लबले हजारौ कार्यकर्ताका सामु प्रचण्डलाई साक्षि राखेर भनेका थिए– ‘जनस्वयंसेवक परिचालन ब्युरोले तीनवटा कार्य गर्नेछ– पहिलो, पुर्ननिमार्ण र निमार्ण, दोस्रो, उत्पादन र तेस्रो जनसुरक्षा ।’ बिप्लवले पेश गरेको अवधारणामा रहेको ‘जनसुरक्षा’लाई काटेर प्रचण्डले महाधिवेसनमा प्रतिवेदन पेश गर्दै भनिरहेका छन, ‘पार्टी कार्यनीतिको नयाँ आयम, उत्पादन तथा निमार्णका लागि संघर्ष ।’

हेटौडामा जारी एकीकृत माओवादीको महाधिवेसनमा अध्यक्ष प्रचण्डले पार्टीलाई उत्पादन र निमार्ण तर्फ लैजाने भनेर उदघोष गरेका छन् । त्यसका लागि सहकारी आन्दोलनमा विशेष जोड गरेको प्रचण्डको प्रतिवेदनमा देखिन्छ । मिडियाले पनि प्रचण्डको सो योजनालाई नयाँ योजना झै गरी प्रचार–प्रसार गरिराखेका छन् । नगरुन पनि कसरी, प्रचण्डले आफ्नो दस्तावेज मै भनेका छन, ‘पार्टी कार्यनीतिको नयाँ आयम, उत्पादन निमार्णका लागि संघर्ष ।’ तर कुरो चाँही अर्कै छ, जो धेरैले थाहा पाउन अझै सकेका छैनन । त्यसको तल चर्चा गर्ने कोशिश गरिएको छ ।

उनले त्यसै भित्र उल्लेख गरेका छन् कि सहकारीमार्फत जाने र उत्पादन विग्रेड बनाउने । कुरा प्रचण्डको त सही नै हो । युद्ध, हत्या हिंसा भन्दा उत्पादन र निमार्णमा जोड गर्ने बिषय त रामै्र हो । तर, धेरै मानिसले ख्याल नगरेको एउटा विषयमात्र यहाँ उल्लेख गर्न खोजिएको छ । ‘माओवादी पहिचान झल्कने कुनै कार्यक्रम दिन नसकिएको’ मा चिन्ता ब्यक्त गर्दै प्रचण्डले सो ‘नयाँ कार्यनीति’ ल्याएको दावी गरेको देखिन्छ । त्यसैको पृष्ठभुमीमा रहेर ल्याएको सो नयाँ कार्ययोजना के प्रचण्डको मौलिक कार्ययोजना हो त ? के यो पहिलो पटक प्रकाशमा आएको कार्यनीति हो ? अथवा, नेपालमा अन्य कम्युनिष्ट पार्टीले अभ्यास नै गरेका थिएनन ? यी सबालमा मात्र यो आलेख केन्द्रित हुन खोजिएको छ ।
सवैभन्दा पछिल्लो घटनाक्रमलाई नै यहाँ उल्लेख गर्न चाहान्छु । जव माओवादी विभाजन नै भएको थिएन, त्यसवेला तत्कालिन स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नयाँ अवधारणा केन्द्रिय समिति (०६७ पुस) मा पेश गरे– जनस्वयंसेवक परिचालन ब्युरो । बिप्लबको नयाँ अवधारणामा केन्द्रिय समितिमा ब्यापक छलफल भयो र ब्युरो गठन गर्ने निर्णय पनि भयो । फलस्वरुप, त्यसको पहिलो प्रशिक्षण युवाहरुलाई समेटेर किर्तिपुरमा आयोजना गरियो । सो नयाँ अवधारणा पेश गर्ने बिप्लबले सो भेलामा हजारौं कार्यकर्ताका सामु गए, ‘जनस्वयंसेवक परिचालन ब्युरोले तीनवटा काम गर्नेछ– १) पुर्ननिमार्ण र निमार्ण २) उत्पादन ३) जनसुरक्षा ।’ उनको जोड थियो कि सिंगो पार्टीलाई उत्पादन र निमार्णमा लगाउनु पर्छ । त्यसका लागि उत्पादन व्रिगेड बनाउनु पर्छ, व्रिगेड चलाउन कमाण्डर तोकिनु पर्छ ।
बिप्लबले सो योजना पेश गरे पछि पार्टी पुरै कब्जा गर्छ भन्ने त्रासले हो वा अन्य प्रतिस्पर्धाका कारण हो, वर्षमान पुनले घुमाउरो भाषामा विरोध गरे र सहमति जनाएन् । तर, पालुङटारको ह्याङओभरमा रहेकाले पनि हुनसक्छ,  बिप्लबको सो योजनामा प्रचण्डले भने पुर्ण समर्थन जनाई दिए । र, उनले भने, ‘बिप्लबजीले भने जस्तै पार्टीले पुर्ननिमार्ण र निमार्ण र उत्पादनमा पुर्ण ध्यान जरुरी हुन्छ ।’ उनले नयाँ योजना ल्याएकोमा विप्लबको मुक्त कण्ठले प्रंशशा पनि गरे । खरीपाटी भेलामा झै हेडक्वाटर (प्रचण्ड)लाई टक्कर दिने नयाँ नेता कोही छ भने त्यो बिप्लब नै हो भन्ने कुरा दोहो¥याउँदै उनले पार्टीलाई ब्युरोको अवधारणा अनुसार लैजान आफुले सक्दो गर्ने बताए । 
बिप्लवले सो योजना कार्यान्वयन गराउनका लागि ब्युरोले उत्पादन विग्रेड बनाई कमान्डर पद सिर्जना गर्ने नयाँ सांगाठानिक संरचना ल्याए । तर, ‘कमाण्डर’ भन्ने शब्दले बाहिर आतंकित पार्ने सुझाव आए पछि ‘कमिसार’ मात्र भन्ने कुरा भयो । र, पार्टी मुख्यालयमा खासगरी युवालाई बोलाएर त्यो ब्युरोको मान्यता दिने प्रयास गरियो, प्रचण्ड आफै उपस्थित भएर ब्युरोलाई मान्यता दिई दिए । वर्षमान पुनका खास मान्छेका रुपमा मानिने वाइसीएल नेता चन्द्रवहादुर थापा ‘सागर’ लगायतले भने वैठकमै आपत्ति जनाए । तर, पनि पार्टीलाई निमार्ण र उत्पादनमा लगाउने बिप्लबको योजनामा शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल लगायतका युवा नेतालाई जिम्मेवारी दिदै बहुमतले पास गरिदियो । जसको जानकारी पार्टीले औपचारिक रुपमा नै प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरियो ।
तर बिप्लवको सो योजनामा पुनले स्विकार गर्दै गरेनन, प्रचण्डलाई बिप्लवको नयाँ अवधारणामा नजान दबाब दिइरहे । यता, प्रचण्ड बिप्लबको योजनामा लागेको भन्दै सागरले ‘बेरोजगार युवा संघ’ भन्ने छुट्टै संगठन बनाए । त्यसलाई पछि वाइसीएल अन्तर्गत राखियो । अहिले, सागर त्यही संगठनको कार्यालय थापाथलीमा राखेर काम गरिराखेका छन् ।
बिप्लबको सो योजना कार्यान्वयन गरेको जस्तो देखाउन सितापाईला माथीको डाँडोमा सहीद स्मारक बनाउने भन्ने  प्रचण्डले त्यसको शिलन्यास पनि गरे । बिप्लब पनि ब्युरोमार्फत उत्पदान र निमार्ण गर्ने भन्दै केन्द्रिय समिति र स्थायी समितिका वैठक नै छोडेर भुगोलमा केन्द्रित भए । कति केन्द्रिय समितिमा उनी आउँदा पनि आएनन्, सहभागी पनि भएनन । भन्नेहरुले के सम्म पनि भने– बिप्लवले केन्द्रिय समिति र स्थायी समिति बहिस्कार नै गरेर हिडिरहेका छन् । आफ्नो अवधारणा र योजनालाई पार्टी अध्यक्ष प्रचण्डले कार्यान्वयन नगरे पछि बिप्लव त्यसरी लागेको उनी सहकर्मीमाझ बताउँथे ।
आन्तरिक बिबाद गहिरिदै गए पछि अन्ततः पार्टी नै विभाजन भयो र त्यो कुरो त्यति कै हरायो, सेलायो । तर, उनै प्रचण्डले बिप्लबले ०६७ पुस–माघको केन्द्रिय समितिमा पेश गरेको सो अवधारणालाई आफ्नो बनाउँदै गत पुस २५–२८ को केन्द्रिय समितिको वैठकमा पेश गरेका छन् । संयोग पनि कस्तो भने ठिक दुई वर्ष पछि बिप्लवको अवधारणलाई प्रचण्डले केन्द्रिय समितिको वैठकमा पेश गर्ने महिना एउटै परेको छ । हेटौंडावाट उनले हजारौं कार्यकर्तामाझ गर्व साथ भनिरहेका छन्– ‘महाधिवेसनका लागि मैले नयाँ कार्ययोजना पेश गरेको छु– सो कार्ययोजना अनुसार पार्टीको सम्पुर्ण ध्यान उत्पादन र निमार्णमा हुनेछ ।’ बिप्लबले पेश गरेको कार्ययोजनामा उल्लेख भएको ‘जनसुरक्षा’ बाहेक अरु बिषय प्रचण्डको नयाँ दस्तावेजमा उल्लेख छ, जसलाई प्रचण्ड आफ्नो भनिरहेका छन् । र, बिप्लवको सो योजनालाई आफ्नो स्वामित्वमा ल्याउन असफल प्रयास पनि गरिरहेका छन् ।
त्यसो त एमालेको नौ महिने सरकारले स्थापित गरेका अधिकांस कार्यक्रमलाई उल्लेख गरेर उनले नयाँ प्रतिवेदन बनाएका छन्, यो कुरा दस्तावेज पढने जसलाई पनि राम्रोसँग थाहा हुन सक्छ । एमाले नेता तथा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको बजेटले स्थापित गराएको ‘गाउँ गाउँमा सहकारी–घर घरमा रोजगारी’ नारालाई बाबुराम भट्टराई अर्थमन्त्री हुदाँ ‘गाउँ गाउँमा सहकारी–घर घरमा भकारी’ भन्ने शब्दाबलीमात्र परिवर्तन गरेर सहकारीमा नै जोड गरेका थिए । नयाँ–नयाँ शब्दाबलीमा अघिल्ला सरकारले पेश गरी स्थापित गराई सकेका नारालाई बाबुरामले झै प्रचण्डले पनि एक कदम अघि वढेर अहिले महाधिवेसनमा पेश गरेका छन् ।
हाल नेपालमा १२ हजार भन्दा वढी सहकारी स्थापित भइसकेका छन अर्थात काम गरिराखेका छन् । ग्रामिण जीवन देखी सहरिया समाजसम्मका उत्पादन र पुजिँ निमार्णमा ती सहकारीहरुले निकै योगदान दिइरहेका पनि छन् । मुलुकमा १२ हजार सहकारी यथावत छन भने प्रचण्डले जोड गरेको सहकारी आन्दोलन नयाँ संस्था गठन गरेर हुने वा त्यसैमा टेकेर हुने हो ? त्यो भने उनले उल्लेख गरेका छैनन् । त्यसो त उत्पादन र निमार्णमा जोड गरे पनि त्यसको लगानीको स्रोत के हो ? त्यो उनले बताउन चाहेका छैनन् । एमाले सरकारले ल्याएको ‘आफनो गाउँ आफै बनाऊ’ भन्ने अवधारणा जस्तै निशुल्क श्रम शिविर गरेर गाउँ बनाए जस्तै ‘उत्पादन र निमार्ण गर्ने’ हो कि अथवा राज्य कोषवाट खर्च गरेर गर्ने हो ? त्यो पनि उनले खुलाउन सकेका छैनन् । यदी, राज्य कोषवाटै लगानी गर्ने हो भने त्यो त राज्यले गरिराखेको नै छ, पार्टीले गर्न किन आवाश्यक प¥यो । यदी पार्टीले नै गर्ने हो भने त्यो कसरी गर्ने हो ? त्यो उचित जवाफ प्रचण्डले दिन सकेका छैनन् ।
जे होस, अरुले ल्याएको अवधारणा, कार्यक्रम र नीतिलाई भने प्रचण्डले ‘कपि पेस्ट’ गरेर आफ्नो स्वामित्वमा ल्याउन त खोजेका छन् । तर, नयाँ मौलिक कार्यक्रम दिन भने सकेका छैनन् । जानकारी नहुनेले त प्रचण्डको कार्यक्रमलाई ‘नौला र साच्चै क्रान्तिकारी’ नै मान्लान तर वुझनेले के भन्लान ? त्यता तिर प्रचण्डले ध्यान दिन सकेका छैनन् ? वा, जर्वजस्ती पो गरिराखेका छन् । यो चाँही वुझ्ने तपाईहरुको हातमा नै छ । 




No comments:

Post a Comment