Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 6, 2012

दुई माओवादीबीच सम्पत्ति भागबन्डामा विवाद

काठमाडौं, भदौ २० (नागरिक)- एकीकृत माओवादी र नेकपा-माओवादीले पार्टी विभाजनपछि भौतिक सामाग्रीको भागबन्डा गर्ने कार्यलाई अन्तिम रुप दिएको छ। पार्टी विभाजनपछि पार्टीसँग रहेका भौतिक सामाग्रीबारे किचलो उत्पन्न भएपछि दुवै माओवादीले सहमतिमै भागबन्डा गर्ने निष्कर्ष निकालेपछि त्यसलाई अन्तिम रुप दिएको हो। जसका लागि दुवै माओवादीले दुई-दुई सदस्य रहने गरी कार्यदल बनाएर कार्य गरिरहेका छन्।


एकीकृत माओवादीका तर्फबाट कार्यदलका सदस्य कृष्णवहादुर महराले दुवै पार्टीको परस्पर सहमतिमा सम्पत्ति भागवन्डा गर्ने अनुसार कार्य भइरहेको बताए। 'जुन जुन कमिटिमाताहात सम्पत्ति छ, सोही सोही कमिटिबीच बसेर भागबन्डा गर्ने भनिएको छ' महराले नागरिकसँग भने, 'केन्द्रीय स्तरको केन्द्रमा तथा राज्य र जिल्लामा सोही स्तरका कमिटिको बैठकले सो भागवन्डाका लागि सहमति खोजेर अघि बढ्ने भएको छ।' त्यसका लागि दुवै पार्टीका तर्फबाट छलफल भइरहेको र सम्पत्ति मुल्यांकन कार्य पनि सँगसँगै अघि बढाउने काम भइरहेको छ। पार्टी मुख्यालय, पेरीस डाँडामा रहेका घरजग्गा र अन्य भौतिक सम्पत्तिको मूल्यांकन गरेर भागबन्डा गर्नेबारे पटक-पटक छलफल भए पनि अझै पनि ठोस सहमति भने भइसकेको छैन। '१ सय ४८ सदस्सीय कमिटिबाट को कता लागे, त्यही अनुपातमा सम्पत्ति बाँडफाँड गर्ने सहमति भए पनि अझै कार्यान्वयन हुन सकिरहेको छैन्,' नेकपा-माओवादीका एक नेताले भने। उनका अनुसार आफ्नो पार्टीले तत्काल भागबन्डा गर्नुपर्ने माग गरिरहेको र सोबारे पटक-पटक छलफल भए पनि ठोस निष्कर्षमा भने पुग्न सकेको छैन्। सम्पत्तिको उचित बाँडफाँड नभए कब्जा गरेर भए पनि लिने सोचमा माओवादी पुगेको उनको भनाई छ।

No comments:

Post a Comment