Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, September 6, 2012

प्रचण्डहरु सकिँदै गइसके, एकता हुँदै हुन्न : वैद्य

७० बुँदे माग सार्वजनिक -
प्रकाश तिमल्सिना, काठमाडौं, भदौ, २० - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादीसँग एकता महाधिवेशन हुने हल्लामात्रै रहेको बताएका छन्। उनले 'प्रचण्डहरु सकिँदै गएकाले उनीहरुसँग एकताको महाधिवेशन हुने हल्लाभन्दा बढी केही नरहेको' बताए।
पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैद्यले भने, 'एमाओवादी दक्षिणपन्थी संशोधनवादी भइसकेको छ। नव संशोधनवादीसँग एकता हुने कुरा झुट्टा हो।' एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीसँग एकताको महाधिवेशन हुने बताउँदै आएका बेला बैद्यले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेकपा-माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे मागपत्र बुझाउने तय गरेको छ। आज पत्रकार सम्मेलनमा मागपत्र सार्वजनिक गरियो। २०५२ सालमा बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागपत्रमा थप मागहरु राखी ७० बुँदे बनाइएको छ। उनीहरुले भदौ २५ गते प्रधानमन्त्री भट्टराईलाई यो मागपत्र बुझाउने बताएका छन्।जनयुद्ध थाल्नुअघि बाबुरामले बुझाएको मागपत्रमा राष्ट्रियतासम्वन्धि ९ वटा मागहरु थियो। बैद्यपक्षीय माओवादीले तयार गरेको मागपत्रमा यो विषयमा २८ मागहरु समेटेका छन्।

नेकपा-माओवादीले अमेरिकाले नेपालमा सेना ल्याउने प्रस्ताव गरेकोप्रति आपत्ति जनाउँदै त्यो प्रस्ताव सरकारले खारेज गर्नुपर्ने मागमा समेटेको छ। त्यस्तै राष्ट्रिय हित विपरितको विदेशी लगानी रोक्नुपर्ने, डब्लुटिओ सम्वन्धित नेपाल पक्ष बनेका सन्धि सम्झौताको पुनरावलोकन गरी नेपालको स्वाधिन अर्थतन्त्रको प्रतिकूल हुने सम्झौताहरुमा नेपालले रिजर्भेसन राख्‍नुपर्ने माग राखेको छ। मागमा उनीहरुले राष्ट्रिय पहिचानसहितको संघीयता हुनुपर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा जनाइएअनुसार नेकपा-माओवादीले पार्टी दर्ता नगर्ने तथ दल रहेको जानकारीमात्र गराइने छ। गोलमेच सम्मेलन हुनुपर्ने तर अल्पकालका लागि संसदीय चुनावमा नजानेसमेत पार्टीले प्रस्ट्याएको छ।

No comments:

Post a Comment