Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, February 20, 2014

अचम्मै भो, लोकमानले दिए कान्तिपुर दैनिकलाई धन्यवाद !

एक जमना यस्तो थियो, जुन बेला लोकमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको नियुक्ती हुदैँ थियो, त्यो बेला कान्तिपुर दैनिकले उनलाई ‘अयोग्य’ प्रमाणित गर्न कुनै कसर बाँकी राखेन् । जनआन्दोलन–२ दबाउन राजा ज्ञानेन्द्र शाहद्धारा नियुक्त गरिएका तत्कालिन मुख्य सचिबको हैसियतमा कार्कीले भुमिका खेलेको र दोषी प्रमाणित भएको कान्तिपुरको तर्क थियो । त्यसमा मुछिन आइपुगेको थियो, अन्नपुर्ण पोष्ट, जसले कार्कीको पुरै रक्षा गरेर मात्रै समाचार बनाएन, कान्तिपुर ‘बिरुद्ध’ पनि मैदानमा खडा भयो । पत्रकारितको इतिहासमा नै त्यो यस्ता ‘नाङ्गो लडाई’ थियो, सायद पत्रकारितका बिद्यार्थीले त्यसलाई बिर्सन सक्दैनन् । 
लोकमान र कान्तिपुर दैनिक, कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्ट दैनिकमा मात्रै त्यो टसल देखा परेन, त्यसलाई राजनीतिक दललाई पनि विभाजित बनायो र समाजलाई पनि । लोकमानको नियुक्तीलाई लिएर देशै दुई भागमा विभाजित भयो, समर्थन र बिरोध गर्दै । अन्ततः अनेका बिरोधका बाबजुद पनि लोकमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ती भएरै छाडे । त्यसपछि, उनले केही तहल्का मच्चाउने काम त गरे तर सम्झना योग्य भुमिका निभाउन सकेका भने छैनन् । 
कान्तिपुर र लोकमान बिचको त्यो टसल पछि सम्म रहयो, खैर दुवै चुपचाप भए । फेरी तीन हप्ता अघि लोकमानलाई कान्तिपुरले ‘बर्षका १० ब्यक्ति’का रुपमा चयन गरयो र फेसबुकमार्फत लाइक माग्यो । नभन्दै, लोकमान ‘प्रशासन, सुरक्षा, न्यायिक, कुटनीति, संवैधानिक अङ्ग’ बिधामा उत्कृष्ट हुन पुगे र कान्तिपुरले आफनो बार्षिकोत्सबमा लेख्यो– शक्तिशाली प्रशाशक । उनी सो बिधामा फेसबुक लाइकका साथ सर्वोत्कृष्ट मात्रै भएनन, कान्तिपुरले उनको बारेमा प्रशंशा गर्दै विशेष अंकमा प्रकाशित पनि गरयो । जो २१ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित भइसकेको छ । 
आज उनै कार्कीले कान्तिपुरसहित आफुलाई मनपराउने सबै फेसबुक युजरलाई धन्यवाद ज्ञापन गरेका छन् । जसलाई उनका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले सार्वजनिक गरेका छन् । उनले अख्तियारको आधिकारिक पेज, बिज्ञप्तिमा भनेका छन, ‘कान्तिपुर प्रकाशन प्रालि प्रति हार्दिक आभार प्रकट गर्दछु ।’ 

‘कान्तिपुर वर्षका दश’ व्यक्तित्व छनौट प्रक्रियामा प्रशासनरसुरक्षारन्यायरकुटनीतिरसंबैधानिक अंगका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतमा मलाई प्रतिष्पर्धिको रूपमा मनोनयन गर्नुहुने निर्णायक मण्डल लगायत कान्तिपुर पब्लिकेशन प्रा. लि, प्रति हार्दिक आभार प्रकट गर्दछु । 
अन्तराष्ट्रिय सामाजिक सञ्जाल, फेसबुक लाइकका माध्यमबाट आह्वान गरिएको मतदान प्रक्रियामा देश विदेशमा रही आयोगको कामलाई प्रत्यक्ष्परोक्ष रूपमा नियालीरहनु भएका साथै भ्रष्टाचार र अनियमितता निर्मुल पार्ने हाम्रो अभियानमा सहकार्य गर्नुहुने मतदानमा सरीक १८८५७ जना व्यक्तिहरु र अन्य शुभचिन्तकहरूले उत्साहका साथ सहभागिता जनाई मलाई ‘कान्तिपुर वर्ष’ व्यक्तित्वमा छनौट गर्नुभएकोमा मेरो व्यक्तिगत एव आयोगका तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु । यसबाट मलाई अझ बढी जिम्मेवार र जवाफदेही भई कार्य गर्ने हौसला एवम् प्रेरणा प्राप्त भएको छ । मेरा सम्पुर्ण शुभचिन्तकहरूको मप्रतिको अपेक्षा लाई अझ दृढतापुर्वक पुरा गर्ने विश्वास दिलाउन चाहान्छु । 
आगामी दिनहरूमा समेत हाम्रो अभियानमा यहाँहरूको थप सहयोग तथा सक्रिय सहभागिताको अपेक्षा गर्दै पुनः सबैमा आभार एव कृतज्ञता ज्ञापन गर्दछु । साथै म आफ्नो सम्पुर्ण जीवन भ्रष्टाचारमुक्त समाज निर्माण गर्न र आम नेपाली दाजुभाई तथा दिदिबहिनीको सेवामा समर्पण गर्ने प्रण समेत गर्दछु ।

लोक मान सिह कार्की
प्रमुख आयुक्त
२०७०/११ /0८

उनको समर्थनमा त्यो बेला बनाइएको फेक टिवटरको बारेमा पढने भए यहाँ क्लिक गर्नुहोस, यो पढदा ती दिन याद आउन सक्छन् । 



No comments:

Post a Comment