Pages

Wednesday, September 11, 2013

एमाओवादीका 'बुढा नेता' स्वनाम साथीले बिहे पो गरेछन

स्वास्थ्य मन्त्रालयले बिहेवारी २० बर्ष पारीको नारा दिन छाडेको छैन, त्यो नारालाई एकीकृत माओवादीले सशस्त्र संघर्षका वेलादेखि नै आफना नेता कार्यकर्तामा लागू गराउदै आएको हो । मन मिलेपछि बिहेलाई उमेरले नछेक्ने उहाहरण पनि समाजमा भेटिदै आएका हुन,मान्छे बुढो भएपनि मन बुढो नहुदो रहेछ,त्यो कुरा माक्र्सवादी वा गैरमाक्र्सवादी दुवैमा लागू हुँदो रहेछ ।
एकीकृत माओवादीको स्कूलिङ बिभागका इन्चार्ज सोनाम साथी (शशी शेरचन)ले नेपालीको औसत उमेर अवधिभरी बिहे गरेनन । सोनाम साथी ‘बिहे भएको छैन,कुमार पनि होइन’भन्ने अवस्थामा रहदै आए । ६३ बर्षको उमेरमा आफू भन्दा आधा कम उमेरकी युवतीसँगको बिहेलाई उनको पार्टीले स्वीकृत गरेको छ । त्यसो त नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले पनि आफूभन्दा आधा कम उमेरकी युवतीसँग बिहे गरेका हुन ।
अविबाहित सोनाम साथी १० बर्षदेखि दाङकी किरण गौतमसँग ‘लिभिङ टुगेदर’को सम्बन्धमा रहदै आएका थिए । सोनाम साथी र किरणसँगै बस्थे,सोनाम साथीको कमजोर स्वाथ्यलाई किरणले रेखदेख गर्दै आएकी थिइन, स्वदेश तथा बिदेश जता जाँदा पनि उनीहरु दुवैसँगै जान्थे र आउँथे ।
 तर उनीहरुको बिहे भएको थिएन ।
आफूसँग १० बर्षदेखि बस्दै आएकी किरण गौतमसँगको विहे स्वीकृतिका लागि सोनाम साथीले पार्टीमा दिएको निवेदन एकीकृत माओवादीले मंगलबार स्वीकृत गरेको हो । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसको केन्द्रीय सचिवालयको बैठकले सोनाम साथी र किरण गौतमको बिहेलाई स्वीकृत गरेको हो । एक नेताले भने‘सोनामजीले बिहेका लागि निवेदन दिइराख्नु भएको थियो,हामीले स्वीकृत गरयौ ।’ गत माघमा हेटौडामा भएको एकीकृत माओवादीको सातौ महाधिवेशनले पारित गरको बिधान मस्यौदा समितिका संयोजक रहेका सोनाम साथी ध्यान र योगमा निपुण छन ।
सोना साथी ६३ बर्षका हुन भने किरण गौतम उनको भन्दा आधा कम उमेरकी हुन । किरण गौतम एकीकृत माओवादीका केन्द्रीय सदस्य जीवन गौतमकी बहिनी हुन । दाजु जीवनको बिद्यार्थी राजनीतिबाट प्रभावित भइ राजनीतिमा नजिकिएकी किरण सादा जीवन जीउने सोनाम साथीसँग नजिकिन पुगेकी थिइन । तत्कालीन राजा ज्ञानेन्द्रको शासन बिरोधी संघर्षमा सोनाम साथी र किरणसँगसँगै हिडथे । नेता र कार्यकर्ता वीचको त्यो सम्बन्ध अहिले श्रीमान र श्रीमतीमा बदलिन पुगेको छ । तत्कालीन एकताकेन्द्रमा रहँदादेखि परिचित सोनाम साथी र किरण गौतमले आफूलाई एक अर्काको दुख सुखको साथी बनाउदै आएका छन । सोनाम साथी एकताकेन्द्र भंग गरेर एकीकृत माओवादीमा आउँदा किरण पनि सँगै आए जस्तै गरी उनीहरुले एक अर्कालाई नजिकबाट परिचित गराएपछि बिहेको बैधानिकता दिएका छन ।
 साभारः काठमाडु टुडे डटकम

No comments:

Post a Comment